Nepal Fact Check (@NepalFactCheck) header
Nepal Fact Check (@NepalFactCheck) profile picture

IFCN-certified fact-checking to fight misinformation | we factcheck on viral posts on social and mainstream media | Joint initiative of @cmrnepal & @mysansar

Nepal
Joined March 2020
Photo by Nepal Fact Check (@NepalFactCheck)Photo by Nepal Fact Check (@NepalFactCheck)Photo by Nepal Fact Check (@NepalFactCheck)Photo by Nepal Fact Check (@NepalFactCheck)Photo by Nepal Fact Check (@NepalFactCheck)Photo by Nepal Fact Check (@NepalFactCheck)Photo by Nepal Fact Check (@NepalFactCheck)Photo by Nepal Fact Check (@NepalFactCheck)Photo by Nepal Fact Check (@NepalFactCheck)Photo by Nepal Fact Check (@NepalFactCheck)
अहिले सामाजिक सञ्जालमा “बुढीगण्डकीमा भीषण बाढी आएपछि एक जना व्यक्ति गाडीमाथि चढेर ज्यान बचाए” भन्दै एउटा फोटो भाइरल भइरहेको छ । तर नेपालफ्याक्टचेकले गरेको तथ्य जाँच अनुसार भाइरल फोटो र बुढीगण्डकीको बाढीबीच कुनै सम्बन्ध छैन । पूरा तथ्य जाँच 👇 nepalfactcheck.org/2026/10/b…
1
7
267
दशैँको टीकाको भोलिपल्टदेखि भारी वर्षा हुने भन्दै भाइरल भिडिओ भ्रामक छ । बाढीको पुरानो भिडिओमा अघिल्लो वर्षको समाचारको अडिओ जोडेर फैलाइएको नेपालफ्याक्टचेकको तथ्य जाँचमा पुष्टि भएको छ । पूरा तथ्य जाँच पढ्नुहोस् : nepalfactcheck.org/2026/10/d… #NepalFactCheck
1
4
250
रसुवाको भोटेकोशी बाढीपछि ४१ नेपालीले इस्लाम धर्म अपनाएको दाबी भ्रामक छ । भाइरल फोटो सन् २०२३ कै भएको नेपालफ्याक्टचेकको तथ्यजाँचमा पुष्टि भएको छ। बाढीसँग फोटोको कुनै सम्बन्ध छैन । पूरा तथ्य जाँच पढ्नुहोस् 👇 nepalfactcheck.org/2026/10/c… #NepalFactCheck
1
2
8
466
भारतीय अभिनेता नाना पाटेकरको मृत्युको खबरसँगै नेपाल र नेपालीको प्रशंसा गरेको दाबीसहितको भिडिओ भाइरल छ । तर नेपालफ्याक्टचेकको तथ्यजाँचमा उक्त भिडिओ एआई प्रयोग गरी नक्कली आवाज र दृश्य हेरफेर गरेर बनाइएको पुष्टि भएको छ । पूरा तथ्य जाँच यहाँ पढ्नुहोस् 👇 nepalfactcheck.org/2026/10/a…
4
191
झलनाथ खनालले नेकपा छाडेका हुन् ? 🤔 पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) छाडेको दाबीसहित केही अनलाइन सञ्चारमाध्यममा समाचार प्रकाशित भए । तर, नेपालफ्याक्टचेकको तथ्य जाँचले उक्त दाबी भ्रामक रहेको देखाएको छ । #NepalFactCheck
2
192
Fact Check : पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी छाडेको दाबी भ्रामक, नेकपामै रहेर अभियान घोषणा पूरा तथ्य जाँच पढ्नुहोस् : nepalfactcheck.org/2026/10/j… #NepalFactCheck
2
168
भारतीय सञ्चारमाध्यम एनडीटीभी इन्डियाले हालैको घटनाको भन्दै सार्वजनिक गरेको यो भिडिओ वास्तवमा सन् २०२१ मा अन्नपूर्ण क्षेत्रको कापुचे हिमतालमा खसेको हिमपहिरोको भएको नेपालफ्याक्टचेकको तथ्यजाँचबाट पुष्टि भएको छ । #NepalFactCheck
1
7
349
‘मनाङको हिमलुङ हिमालमा हालै गएको हिमपहिरो’ भन्दै भारतीय सञ्चारमाध्यम एनडीटीभी इन्डियाले सार्वजनिक गरेको भिडिओ ५ वर्ष पुरानो रहेको पाइएको छ । भिडिओ वास्तवमा २०२१ मा अन्नपूर्ण क्षेत्रको कापुचे हिमतालमा खसेको हिमपहिरोको हो । पूरा तथ्य जाँच पढ्नुहोस् : nepalfactcheck.org/2026/10/n…
1
1
5
403
'अमेरिकाबाट फर्किएपछि सदनमा गर्जिए बालेन' भन्दै भाइरल भिडिओ पुरानै हो । भिडिओ प्रधानमन्त्री बालेन्द्र शाहले UNGA-81 मा सहभागी हुन अमेरिका जानुअघि, २०८३ जेठ १७ गते संसद्मा गरेको सम्बोधनको हो । भिडिओ वास्तविक भए पनि सन्दर्भ भ्रामक छ । #NepalFactCheck
1
3
278
🚨 'अमेरिकाबाट फर्किएपछि सदनमा गर्जिए बालेन' भन्दै भाइरल भिडिओ पुरानै ! भिडिओ बालेनले UNGA-81 मा सहभागी हुन अमेरिका जानुअघि, २०८३ जेठ १७ गते संसद्मा गरेको सम्बोधनको हो । भिडिओ वास्तविक, तर जोडिएको सन्दर्भ भ्रामक । पूरा तथ्य जाँच पढ्नुहोस् 👇 nepalfactcheck.org/2026/09/b… #Factcheck
2
6
248
🚨 मुग्लिन-नारायणगढ सडकमा पहिरोले गाडी बगाएको भन्दै भाइरल भिडिओ वास्तविक होइन । नेपालफ्याक्टचेकको तथ्यजाँचमा भिडिओ एआईबाट सिर्जना गरिएको पाइएको छ । पूरा तथ्य जाँच पढ्नुहोस् : nepalfactcheck.org/2026/09/a… #NepalFactCheck
2
2
194
🚨 पुरानो तस्बिर, नयाँ दाबी ! ‘हालैको वर्षाले काठमाडौं डुब्यो’ भन्दै भाइरल तस्बिर वास्तवमा २०२४ को थापाथली बागमती बाढीको हो । सुकुम्बासी बस्ती हटाएको प्रसङ्गसँग जोडेर फैलाइएको तस्बिर एआईद्वारा सम्पादितसमेत भएको पाइएको छ । पूरा तथ्य जाँच पढ्नुहोस् : nepalfactcheck.org/2026/09/o…
2
2
7
548
सामाजिक सञ्जालमा डुबानमा परेको सडक र मोटरसाइकल डोर्‍याउँदै गरेका मानिसहरूको भिडिओ 'बुटवलको' भन्दै भाइरल भइरहेको छ । तर, नेपालफ्याक्टचेकको तथ्य जाँचमा उक्त भिडिओ बुटवलको नभई भारतको गुजरातस्थित सुरत सहरको भएको पुष्टि भएको छ । #NepalFactCheck
1
3
375
सामाजिक सञ्जालमा डुबानमा परेको सडक र मोटरसाइकल डोर्‍याउँदै गरेका मानिसहरूको भिडिओ 'बुटवलको' भन्दै भाइरल भइरहेको छ । तर, नेपालफ्याक्टचेकको तथ्य जाँचमा उक्त भिडिओ बुटवलको नभई भारतको गुजरातस्थित सुरत सहरको भएको पुष्टि भएको छ । पूरा तथ्य जाँच पढ्नुहोस् 👇 nepalfactcheck.org/2026/09/v…
3
8
310
प्रधानमन्त्री बालेन्द्र शाहलाई अमेरिकामा घण्टी बजाएर भव्य स्वागत गरिएको भन्दै केही भिडिओ सामाजिक सञ्जालमा भाइरल छन् । तर नेपालफ्याक्टचेकको तथ्यजाँचमा यी भिडिओ पुराना तथा असम्बन्धित रहेको पुष्टि भएको छ । पूरा तथ्य जाँच पढ्नुहोस् 👇 nepalfactcheck.org/2026/09/f… #NepalFactCheck
1
3
223
प्रधानमन्त्री बालेन्द्र शाहलाई अमेरिकामा कडा सुरक्षासहित भव्य स्वागत गरिएको भन्दै एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल छ । तर, नेपालफ्याक्टचेकको तथ्य जाँचअनुसार भाइरल भिडिओ बालेनको नभई करिब साढे तीन महिना पुरानो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सवारीको दृश्य हो । #NepalFactCheck
2
5
194
सोविता गौतमले यूएन महासभामा सम्बोधन गरेको भन्दै भाइरल भिडिओ भ्रामक छ । भिडिओ वास्तवमा सन् २०२५ अप्रिलमा तास्कन्दमा आयोजित आईपीयूको १५०औँ महासभाको हो। पूरा तथ्यजाँच पढ्नुहोस् : nepalfactcheck.org/2026/09/s… #NepalFactCheck
2
1
6
432
प्रधानमन्त्री बालेन्द्र शाहलाई अमेरिकामा कडा सुरक्षासहित स्वागत गरिएको दाबीसहित भाइरल भिडिओ भ्रामक रहेको तथ्य जाँचबाट खुलेको छ । भिडिओ साढे तीन महिना पुरानो हो र डोनाल्ड ट्रम्पको सवारीसँग सम्बन्धित छ । पूरा तथ्य जाँच पढ्नुहोस् 👇 nepalfactcheck.org/2026/09/b…
4
6
412
भरत दाहाल पक्राउ परेपछि ‘राजनीतिक विश्लेषक व्यवसायी महासंघ’को नाममा भाइरल पत्र वास्तवमा के हो ? पूरा तथ्य जाँच : nepalfactcheck.org/2026/09/b… #NepalFactCheck
1
162
विद्युत् चोरी रोक्न गएका कर्मचारी र उनका छोरामाथि 'लाठी प्रहार' भन्दै भिडिओ भाइरल । नेपाली सञ्चारमाध्यमका सामाजिक सञ्जालबाट समेत नेपालकै घटना जसरी फैलाइएको यो भिडिओ वास्तवमा भारतको मध्यप्रदेशको हो । पूरा तथ्य जाँच यहाँ पढ्नुहोस् : nepalfactcheck.org/2026/09/v… #NepalFactCheck
1
1
4
351