हाम्रो देशको पछिल्लो पुस्ताले खोजेको, रोजेको, छानेको मानेको नेता:
"संसदमा पस्नै नहुने, पसेपनि बस्नै नहुने
बसिहाले बोल्नै नहुने, मनको कुरो खोल्नै नहुने
क्रेजी फ्यानसंग घण्टौँ बस्ने, बाँकी सबको गला कस्ने
जात्रा-क्रिकेट छोड्नै भएन, वार्ता-संवाद गर्नै भएन
दल र नेता सबै चोर, नछोड् कोइलाई जाक्दे खोर्"
क्रेजी फ्यान: वाह वालेन वाह, बट् आइ डोन्ट लाइक पोलिटिक्स, बिकज पोलिटिक्स इज अ डर्टी गरम ! – at Nepal
श्री १८२ बालेन्द्र साह शाहको क्याबिनेटका एकजना मन्त्रीले अन्तर्राष्ट्रिय स्तरमा सार्वजनिक स्थलमा बोलेको बिषयमा तर्कपूर्ण टिप्पणी (मन पराउन नपराउन दुबै पाउने छुट हुँदाहुँदै पनि) गर्दा केही अराजक हाइपर-पोल्टिक्सका उपजहरुको निन्दा र नीच गाली सहनुपरेको छ।
के जात्तिबित्ती उम्लेका यी घण्टीका छाउराहरु? हदै भएन र यार ! – at Nepal
"किनारादेखि केन्द्रसम्मको वैचारिकी" नारा बोकेर जुम्लाको माटोमा अङ्कुराएको ‘सीमान्त साहित्य सम्मेलन-पहिलो संस्करण' केवल एउटा साहित्यिक जमघट मात्र नभाई राज्यको मूलधारबाट ओझेलमा पारिएका आवाजहरूको आफ्नै सुवास छर्ने स्वाभिमानी सेतु बनोस् !
मतभेद र वादविवादका अनेकौँ घुम्तीहरू पार गर्दै, नागरिक तहबाट उठाइएका यस्ता साना-ठूला हरेक पहलले अन्ततः समाजलाई नै समृद्ध बनाउँछ।
मुल प्रवाहिकरणमा स्थापित भइसकेका सिमित सेलिब्रेटीहरु ओसारेर अनि बारबार उनै अनुहारहरु मात्र दोहोर्याएर गरिने कृत्रिम चमकदमकभन्दा पर, कर्णालीको खुला आकाशमुनि जुम्लाको आँगनमा, कालिकोट, हुम्ला, मुगु, डोल्पा, बाजुरा र दुर्गमका मइडो अनि कुना-कन्दराबाट सुस्केरा हाल्दै निस्केका मौलिक वेदना र विचारहरूले यहाँ प्रतिध्वनि पाऊन्।
भौगोलिक दूरीले मात्र होइन, बौद्धिक र सांस्कृतिक रूपमा किनाराकृत पारिएका सीमान्त आवाजहरू केन्द्रिकृत मानसको दलाली वा कृत्रिमताबाट मुक्त भएर आफ्नै मौलिकतामा गुन्जियोस्। नामजस्तै सिमान्तका वास्तविक पीडा, सुवास र सम्भावनाहरू खुला ठाउँमा पारदर्शी र सार्थक बहसमार्फत सतहमा आउन्।
तिला नदीको किनारमा मार्सी धानका फाँटहरुमा बयली खेल्दै गरेको चिसो हावामा हुँदै गरेको यो बौद्धिक बहसको उत्सवले कर्णालीको माटोलाई अझ बासनादार बनाओस्, हार्दिक सफलताको अनेकौँ मंगलमय शुभकामना! 🙏✨
#सिमान्तसाहित्यसम्मेलन #MarginalLiteratureFestival #जुम्ला #कर्णालीप्रेम #किनारादेखि_केन्द्रसम्म #साहित्यिकउत्सव – at Nepal
आजबाट सुरु हुने @OfficialNPLT20 को तेश्रो सिजनको सफलताको शुभकामना!
नेतृत्व दिने @chatur_chand
यसलाई यो उचाइमा ल्याउने सामर्थ्य राख्ने @paras77
रातदिन यसको अर्थव्यवस्थामा चिन्तित रहने कोषाध्यक्ष पदम खड्का,
मेरा अल टाइम फेभरेट @gyanu_gm11 तथा कर्णाली याक्स टिम सहित सम्पूर्ण क्लवहरु, खेलाडीहरु र अफिसियललाई बधाई तथा सफलताको शुभकामना! – at Nepal
बिना तयारी कुनैपनि चुनाव लड्दिने, ताल परे र मिल्ने भएदेखि एक हप्ताभित्रै 'स्थानीयदेखि संघीय तहसम्मका, खानेपानी उपभोक्ता समितिदेखि पार्टीको केन्द्रीय नेतृत्वसम्मका' सबै चुनाव भ्याइदिने तर सबैतिर उत्तानोटाङ हुनेगरी हारेपछि ममाथि धोका भो, गुटबन्दी गरेर हराइयो, चिट बाँडेर मेरो चिडचिड पसिना निकालियो' भन्दिने !
क्या डेमोक्रेसी छ कि हाम्रो नेपालमा !😝 – at Nepal
थिन्ले ल्हामो अभिनित दोश्रो सिनेमा हेरेँ-"तेन्जिङ्ग" ! उनको पहिलो सिनेमा थियो साथी मीन भामको-"साम्बाला"! तेन्जिङ्गमा थिन्लेको भुमिका छोटो छ तर मेटाफोरिक छ, तेन्जिङ्गले सगरमाथा आरोहणको सपना पाल्नुको सबैभन्दा ठूलो मोटिभेशनल पात्र हुन् उनकी जेठी पत्नी दावा बुठ्रीद् जस्लाई उनले बालखमै तेङ्बोचेमै हुँदा मनपराएर बिहे गरेका थिए। सोही पात्र दावा बुठ्रीद् हो थिन्लेले निभाएको !
बाल्यकालका 'नाम्ग्याल वाङ्दी' तेङ्बोचे गुम्बाको बौद्ध भिक्षु बन्नबाट जोगिए र त पहिलो सगरमाथा आरोही बनेर विश्वभर चम्किए-तेन्जिङ्ग नोर्गे शेर्पाको नामबाट ! "तेन्जिङ्ग" सोही बायोपिक हो।
२ घण्टा ५ मिनेटको सिनेमा एकटकमा हेरेर सकाइयो ! – at Nepal
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना सभापतिज्यू! वर्षौँदेखि तमाम् कांग्रेसीजन तथा रुपान्तरणकारी डेमोक्र्याट युवाहरुले देखेको सपना पुरा भएको छ। चुनौतीका पहाडहरु अनगिन्ती छन् तर तपाईंले भनेझैं 'ति चुनौतीका पहाडहरुका पछाडि अँझ ठुला सम्भावनाका शिखरहरु/हिमालहरु पनि छन्।' अब हामीले अथक मेहनत गरेर ती सम्भावनाहरूका शिखर जरुर चढ्नुछ र एकदिन ति शिखरहरुबाट हामीहरु पनि झर्नुपर्छ नै फरक यत्ति हो कि अरुहरु शिखरबाट झर्दा हिमपहिरो झैं गर्ल्यामगुर्लुम झरे भने हामीहरु झरना जस्तै झर्नुछ, सुन्दर मुक्ति, समर्पण, संगीत, श्रृङ्गार, उत्सर्ग, प्रवाह र आभा सहितको अनुपम विश्राम सहित !
चुनौतीका पहाडहरु छिचोल्दै शिखर चढ्दैगर्दा त्यहाँबाट पनि कुनै एकदिन त झर्नुपर्छ नै तर त्यो झराई अँझ सुन्दर बनाउनुछ भन्ने कुरा नबिर्सिनुहोला!
फेरि पनि धेरै धेरै बधाई तथा सफल कार्यकालको शुभकामना!🙏
@thapagk @NepaliCongress
#15thNationalConvention – at Nepal
दानवको कुनै जात हुँदैन, धर्म हुँदैन, वर्ग हुँदैन, वर्ण हुँदैन ! उसको जात, धर्म, वर्ग, वर्ण जे जे भन्नुस् दानवियता नै हो ! खगेन्द्र सुनारको भनिएको अडियो सुन्दा यस्तो लाग्यो त्यो आवाज मान्छेको होइन दानवको हो। सत्यतथ्य छानविन गरी त्यस्तो दानवलाई हदैसम्मको कारबाहीको नजिर स्थापित गरियोस्! – at Nepal
नागरिक चेतमा लगानी नगरिकन लोकतान्त्रिक प्रक्रिया भन्दैभन्दै चुनावमै मात्र जोड दिने र फेरि भन्ने तिमीहरु त घाँस हौ, कस्तालाई छान्यौ !
हाम्रो समाजकै चेत अनुसारको चुनाव हुने हो, समाजकै चेत अनुसारको उम्मेदवारले चुनाव जित्ने हो ! कि नागरिक चेतमा लगानी गरौँ, कि निर्वाचन प्रणाली बदलौँ! – at Nepal
बाबाजी retweeted
महाधिवेशनमा प्रयोग गरिएको ``खुलामञ्च´´ को अवस्था अहिले कस्तो छ ? केहि संचारमाध्यममा प्रकाशित समाचार कति तथ्यपुर्ण छन् ?
यो #Video ले त्यसलाई प्रस्ट्याउने छ l
सामान्यतया म पर्दापछाडि रहेरै काम गर्न रुचाउँछु। मिडियामा रेडियो छानेँ किनकी अनुहार देखाउन पर्दैन, ट्विटरमा सेमी एनोनिमस बनेर छिरेको हुँ, पछिपछि सबैले चिन्दै गए।
चाहे टिभी शो गर्दा होस् या अरु भुमिकामा, म पर्दापछाडि नै रमाउँछु तर नेपाली कांग्रेसको १५ औं महाधिवेशन मेरो लागि 'खास' भयो। म पहिलोपटक पर्दापछाडिबाट सिधै पोडिएम पछाडि तर अडियन्स अगाडि आइपुगेँ। व्यवस्थापकीय भुमिकामा रहेको मलाई गगनजी र विश्वजीले 'ल अब मञ्च पनि सम्हाल्नु' भनेर तीनदिनसम्म चलेको बन्दसत्रका सबै सेसनहरु सम्हाल्ने र छलफल चलाउने जिम्मा दिनुभयो।
यसपटक मेरो अनुहार धेरै कांग्रेसीजनका लागि नौलो एवं अनौठो अनुहार थियो-न तरुण दल, न नेविसंघ ! कुन पृष्ठभुमिको हो यो? न आन्दोलनबाट आएको, न त भुगोल तर्फको! हो चैं को यो?
सिमित नेताहरुलाई थाहा थियो-यसले २०७० देखि नै पार्टीको चुनावी क्याम्पेनमा काम गरेको छ, ७८ को महाधिवेशनमा डेटामा काम गरेको छ, ७९ को निर्वाचनमा घोषणापत्र लेखनमा काम गरेको हो, पुर्णबहादुर खड्का र विश्वप्रकाश शर्मा नेतृत्वको नीति प्रतिष्ठानमा पार्टीको थिङ्कट्याङ्क भएर काम गरेको छ भन्ने कुरा !
तर पनि एउटा राजनीतिक दलको औपचारिक महाकुम्भमा फरक हुलियाको व्यक्तिका रुपमा मलाई चिनिएछ। आम कांग्रेसीजनमा रहेको दाह्री र कपालले भरिपूर्ण यो व्यक्ति को थियो भन्ने चासोलाई यो त बौद्धिकताले भरिपूर्ण 'फलानो' पो रहेछ भनेर चिनाउनुपर्नेछ !
यो अवसरका लागि सभापति एवं बरिष्ठ उपसभापति दुबैजनालाई हार्दिक धन्यवाद एवं कुशल नेतृत्वका लागि हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!🙏 – at Nepal
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना:
उपसभापति:
@chandra_1961
@MadhuAc98230582
@BinodKChaudhary
महामन्त्री:
@paudelpradipNC
@udayasjbrana
@dilasangroula
नेपाली काँग्रेस, १५ औं महाधिवेशन! – at Nepal
🤖 Made with AI
१५ औं महाधिवेशन मत अद्यावधिक: ४६०० गन्दा
१. केन्द्रीय उपसभापति (खुला)- २ जना
* गोविन्द भट्टराई: १२१९
* डा. चन्द्रकान्त भण्डारी: २३४३(अगाडि)
* प्रा.डा. चन्द्र मोहन यादव: ३८७
* दीपक गिरी: ६३८
* धनराज गुरुङ: १०५३
* ई. मधु आचार्य: १४४१(अगाडि)
* सुरेन्द्रराज पाण्डे: ११५०
२. केन्द्रीय उपसभापति (समावेशी)-१ जना
* जीवन परियार: ११०७
* फरमुल्लाह मन्सुर: ६३७
* बिनोद कुमार चौधरी: ११४५ (अगाडि)
* रंजीत कर्ण: ३५२
* सीता गुरुङ: ७४९
३. केन्द्रीय महामन्त्री (खुला)-२ जना
* अमरसिंह पुन मगर: ९२९
* उदय शम्शेर राणा: १४९१(अगाडि)
* गुरुराज घिमिरे: ९२०
* नैन सिंह महर: ६६८
* प्रदीप पौडेल: २६५७(अगाडि)
* डा. सुनिलकुमार शर्मा: १३८७
४. केन्द्रीय महामन्त्री (महिला)-१ जना
* डा. डिला संग्रौला (पन्त): २०३७(अगाडि)
* महालक्ष्मी उपाध्याय (डिना): १८३८
* रीता खनाल: ४६६
रसुवाको भोटेकोशी बाढीले बितण्डा मच्चाएको डेढ महिनामै गोरखाको बुढीगण्डकीमा अर्को बिनाशकारी बाढी आएको खबर एकाबिहानै सुन्नुपर्यो ! हामी प्रकृतिबाट साँच्चै ठगिएका हौँ कि यो सबै जरुको क्रियाकर्म (जलवायु परिवर्तन)को मात्रै असर हो? यसमा सबै राजनीतिक दल, प्राज्ञिक र नागरिकको एउटै धारणा बनाउनैपर्ने भो, ताकी साझा लडाँई लड्न सकियोस्! सरकारले सोचोस् ! – at Nepal












