
तिम्रो प्रतिबिम्ब हु । जस्तो छौ तेस्तै पाउँछौ । ट्वीट bank @sajee_me 🙏🙏
Nepal
Joined May 2016
- Tweets9.1K
- Following2.7K
- Followers8.3K
- Likes6.2K
Pinned Tweet
छोरा-छोरि ले पैत्रिक अंशको लागि हर बखत अड्डा अदालत धाएको देखेकी मैंले "सन्तानले मलाई पालेनन्" भनेर अड्डा अदालत धाउने आमाबुबा कहि देखिन।
जीवनमा सबै कुरा आफु स्वरुप हुँदैन, हरेक परिस्थितिमा आफू कस्तो बन्ने भन्ने निर्णय चै आफ्नै हातमा हुन्छ। कसैको व्यवहारले आफ्नो संस्कार नबिर्सनु, कसैको धोखाले आफ्नो विश्वास नगुमाउनु र आफ्नो असलपन कहिल्यै नछोड्नु। किनकि अन्ततः कर्मको हिसाब भगवानले राख्नुहुन्छ ❤
तिमि….
समुद्रको किनारमा गएर,
एक अञ्जुली पानी भर्नु।
तिम्रो हातमा जति अटाउँछ,
त्यो तिम्रो माया सम्झनु…
अनि जुन अथाह समुद्र बाँकी रहन्छ,
त्यसैमा मेरो माया खोज्नु
5
37
1,715
पढ्नुको मज्जा त्यतिबेला आउँछ, जब अक्षरहरू आँखाबाट झरेर सिधै मनमा पुग्छन्..
ओछ्यानको शान्त काखमा पल्टिँदा हतारिँदै दौडिरहेको संसार थोरै थाकेर बस्छ….
किताब बन्द हुन्छ, कथाहरू मनभित्र निदाउन मान्दैनन्,
शब्द बनेर होइन, अनुभूति बनेर बगिरहन्छन्….
एकपछि दुई आउँछ,
दुईपछि तीन आउँछ,
धेरै गणना पछि
अनन्तता आउँछ।
तर प्रिय, म बुझ्न सक्दिन
तिमी पछि के आउँछ?
#Cp
उनी फूल होइनन्, कसैको नजरले लेखेको काडा हुँन् 🌸
#NewProfilePic
देशमा जति आन्दोलन भए पनि कुर्सी हल्लिँदैन
हल्लिन्छ त केवल आम जनताको ज्यान
सडकमा रगत बग्छ,
सिंहदरबारमा तलब बढ्छ
भ्रष्टाचारको मूल्य तिर्छ तल्लो वर्ग
मजा लिन्छ माथिल्लो वर्ग
आन्दोलनको नारा चर्किन्छ
तर गोली सधैं जमिनमै लाग्छ
हरेक पटक ढल्छन् जनता,
तर सत्ता अझै सुरक्षित रहन्छ
खै के लेखम् आज
लेख्ने चिज धैरै हुदा नि लेख्नै
नसक्किने रै’छ…..
खै के भनम् आज
भन्ने चिज धैरै हुदा नि भन्नै
नसक्किने रै’छ…..
Only my MOTHER has the right to say
"You'll Regret Losing Me"
Rest of you can just shut the f**k up!
#gotit
1
14
765
दुखाईको वजन बोक्ने काँध थाकिसकेपछि,
ऐनामा देखिने आँखा अझै प्रश्न गर्छन्
“तिमी ठीक छौ?”
म हल्का हाँस्छु,
कहिले आफैंलाई अँगालेर ढाडस दिन्छु,
कहिले आफैंलाई सम्झाएर चुप पार्छु।
भित्रको सानो बालकलाई
फेरि एकपटक बाँच्नको लागि मनाउँछु।
र जिन्दगी,
यस्तै-यस्तै यसनि नै बगाउछु ❤️
एकातिर जिन्दगी छ ,
जो मेरो सपना धरि बिगारिदिन्छ
अर्कोतिर मेरि आमा छिन्,
जो मेरो कपाल धरि बिग्रन दिन्नन्!!! ❤️🩹❤️🩹











