Pinned Tweet
मन भित्रका प्रेमिल तापक्रम नासेंउ,बाहाना रूपी मायाको सामिप्य (एक आरोप)तन मिलेसी “प्रेम” नागिन्छ वचनमा “संघर्सि” अनी म मा देखेको “शून्यता”,,लास्टमै टस्किएर पनि “मुल्य” बढाए “स्पष्टीकरणमै” प्रेमका “टुसा” मर्ला की !#एक डर
Can you take the gift and accept my invitation? Only 2 steps, take your free gifts from top-notch activity TEMU Free Gifts and help me get mine!
temu.com/s/jRj3cqu97i1BZbN4
636
यहाँको बस्तीमा
अब चहलपहल छैन
सपना हराएका छन
कान्लाहरु सूनसान छन्
न त आवाज छ पंक्षीको
न त हाँसो छ मान्छेको
बिरुवाका पातहरु
सुक्न थालेका छन
पानी परे पनि
जीवन फर्काउन सक्दैनन
मानौ
युगले आँखा चिम्लिदिएको हो
बाँच्नु पनि
एक कारावास बनेको छ!
स्नेहका बस्तिहरुमा
अहिले स्नेहको थोपो छ
पुनश्च,
बर्तमानले तिमीलाई गिज्यायो भने,
बिर्सिएको माया भनी सम्झिदिनु।
तिम्रो हृदयमा पुनःस्फूर्ति ल्याउन,
तिनै यादहरूमा बास दिनु।
दुखले तिमीलाई छोयो भने,
माधुर्य भनी मुस्कान फुलाउनू।
समयले तिमीलाई बाँध्यो भने,
स्वतन्त्रता भनी आशा देखाउनू।
स्मृतिमा हराउँछ मन
तस्बीर रंगमा रंगिन्छ
भूलेका क्षणले जिउनु लाग्छ
यादको बन्धनमा फस्छ
पढन खोज्दा ममता लुकेर बसेको
माया-सम्बन्धको चिह्नबनेको
सपना बुनिरहेको चित्रमा सजिन्छ
मनको हृदयको पानामा मनिन्छ
तर यो बिर्सनको कसरत नै हो
आखिर लडन गाह्रो छ
यथार्थको दोधारमा
अतीत सम्हाल्न गाह्रो छ
केही सब्द लेख्छु म
तिम्रो यादमा
न कुनै रंग,न कुनै रेखा
साच्चै,आत्माबाट
तिम्रा आँखाहरूमा
अल्झिएको सपनाहरूले
सत्यको मिठास
झुठको अस्तित्व छैन
एक पलको मौनतामा
प्यारको धुन गुन्जियो
गुलाबझैं
अझै बाँचिरहेछ
तिमीलाई भेट्ने दिन
गुलाब फुल्छन
र म हाँस्छु,सोध्छु
साच्चै,यो मेरो सब्द थियो?
हे समय,केहीबेर टोलाइदिनू
तारा अनि जुनको प्रकाश
तिम्रो आँखा भरि समेटेर
अधरमा झल्काइदिन्छु
शितल हावाले सुम्सुम्याएजस्तै
तिम्रो आँखामा
सुगन्धको पङ्ख फिजाएर
तिम्रो आत्मामा अल्झाइदिन्छु
थुप्रिएका भावना
प्रेमका पातहरूझै हराउँदै गर्दा
एक-एक गरी बटुली ल्याउँछु
र तिम्रा हातमा सजाइदिन्छु
पुनश्च
सदियौँका भावना छताछुल्ल पोख्नु छ
दूरी र समीपको सम्बन्धलाई जोख्नु छ
यो अन्तरालले थपिएको प्रत्येक चोटमा
एक स्मृतिमा प्रेमको फूल रोप्नु छ
भेटौँला जब हामी,रहरहरू लहराउनेछन
सम्झनामा अडेको माया पुनःफुल्नेछ
दूरीले लेखेको कथा प्रेमले मेटाउनु छ
आफ्नो स्पर्शमा नयाँ इतिहास कोर्नु छ!
तिमी र म
फेरि एकपटक
तारा भरिएको रातमा भेट्नेछौ
जहाँ आवश्यक शब्द नहुनेछन
हृदयहरूले संवाद मात्र
त्यो रात
चन्द्रमाको उज्यालोमा
हाम्रो भावना प्रतिविम्बित हुनेछ
र हावा
हाम्रा सपनाको गीत गाउँनेछ
जहा सीमा भनेको केवल भ्रम हुनेछ
नया अध्यायको सुरुवात गर्नेछौ
र हरेक पाइलाले इतिहास लेख्नेछ
Check out डा. हजारिया~हम नेपालि छु's video! #TikTok vt.tiktok.com/ZS6C4M8vV/
426
अविरल बग्ने नदीझै
मनको बहाव बढ्दो छ
शान्तिको खोजी गर्दै
म,आफ्नै यात्रामा छु
सपना बुनिएका छन् आँखामा
अनिश्चित भविष्यका चित्रहरू
हावा सरि चल्दैछन् विचार
सम्बोधनको प्रतिक्षा गर्दैछन
अदृश्य छ जुन गन्तव्य
आशा किरणहरू बिछ्याऊदै छन
यात्रा जारी छ जीवनको
प्रत्येक पाइला विश्वास खोज्दैछ।
पुनश्च,
अधुरो सपना, अधुरो यात्रा,
आशाका धागो टुटेका कतारहरू,
मनको गहिराईमा लुकेका भावनाहरू,
छायाँझैं पछ्याइरहन्छन्, दिनरात।
जीवनको पुस्तकमा खाली पानाहरू,
लेखिएका अधुरा कथाहरू,
पर्खाइले थिचेको मनको ढुकढुकी,
अविरल दौडिरहेछ समयको घडी।
अवचेतन भित्र दविएका
केहि इच्छाहरु
आज पनि
निशब्द हुदै
मलाई नियालिरहेका छन
केहि निश्छल
~स्वर
अन्धकारले छोपिएका छन
मैले मेरो निश्छलता अनुभूत गरे
स्वप्न बाहेक
मेरो चित्कार सुन्दै
~विस्तारै
यी भित्ताहरु, अन्वेषण गर्दै छन
मेरो मौनताको कारण
जसले मलाई भित्र-भित्रै रिक्त बनाएको छ॥
पुनश्च,
म चाहान्छु कि
हराएका तारा पनी
उज्यालोको आशा बनुन!!
म चाहान्छु कि
ढलेका पाइलाहरू पनी
उचाइमा पुग्ने सपना बनुन!!
हो, म चाहान्छु कि
सम्झनामा गुम्सिएका पलहरू पनी
जीवनको उज्यालो बाटो बनुन!!
कोही यसरी मर्छ
जसरी
सुक्छ नदीको धारा
बिस्तारै बग्न छोड्दै
माटोमा बिलाउँछ रित्तो तिर्सना
कोही यसरी हराउँछ
जसरी
एकाएक निभ्छ तारा
र फेरि कहिल्यै देखिन्न
आकाशको उज्यालोले ओझेल पार्छ उसलाई
कोही
यसरी छुटछ समयको यात्रा
जसरी
गुमाउँछ हरियो पात
र बिस्तारै विलीन हुन्छ
सुनसान जंगलको धूलोमा
कुनै न कुनै दिन
सबै मौन हुनेछ
सत्ताको बसेकाहरू
समयसँग झुक्नेछन
आजको उनीहरूको गर्व
आँधीले उडाउनेछ
र बुझ्नेछन
धर्तीमा कुनै कुरा चिरस्थायी छैन!
तिमीले दिएको दुखले
तिमीलाई बलियो बनाउनेछ
तर यो सत्य बुझ्नका लागि
उसले एक दिन पछुताउनु पर्नेछ
अन्ततःसमयनै
न्यायको सबैभन्दा ठुलो सारथि हो।
