गजल
नगरौँ संगत पटमुर्ख सङ्ग
उडाइदिन्छ जीवनको रङ्ग॥
बिगार्न अनि भत्काउन पाए
चरित्रानुसार पर्छ ऊ दङ्ग॥
लंगड मति जो सङ्ग साथी
बनेमा जित्ने हारिन्छ जङ्ग॥
विषालु सर्प इर्ष्यालु साथी
गरिँदा जाति सम्बन्ध भङ्ग॥
जीवनमा गरे भरोसा आफ्नै
सकिन्छ भोग्न सधैँ उमङ्ग॥
1
9
127
Shailendra Thapa retweeted
"कलमभित्र जुन रङको मसी भरिन्छ, कागजमा त्यही रङको अक्षर कोरिन्छ; ठीक त्यस्तै, मानिसको मनमा जस्तो विचार पलाउँछ, जीवनमा उसको कर्म पनि त्यस्तै बन्छ।"✍️
Shailendra Thapa retweeted
प्रधानमन्त्रीको भारत भ्रमण चासो खानपिनमा होइन, उपलब्धिमा राखौँ!
प्रधानमन्त्रीको भारत भ्रमणमा के लाए, के खाए, के लगे र के लगेनन् भन्ने बहसमा अल्झिनुभन्दा देशको हितमा के–के सहमति हुँदैछ र के–के विषयमा नेपालको अडान कायम रहनुपर्छ भन्ने बहस गरौँ।
हवाई मार्ग, आर्थिक सहयोग, ऊर्जा, पूर्वाधार, सीमा, व्यापार र राष्ट्रिय स्वाभिमानजस्ता विषयमा हाम्रो चासो हुनुपर्छ।
पुराना शासकहरूले सामाजिक सञ्जालको आवाज र यसको प्रभावलाई त्यति महत्त्व दिँदैनथे। तर अहिलेका प्रधानमन्त्री मिडिया र सामाजिक सञ्जालको शक्ति बुझ्ने व्यक्ति हुनुहुन्छ। त्यसैले उहाँबाट जनताको आवाजप्रति अझ बढी संवेदनशीलताको अपेक्षा गर्नु स्वाभाविक हो।
सामाजिक सञ्जालमा फोटो, पहिरन र खानपिनको चर्चा मात्र होइन, राष्ट्रिय महत्त्वका विषयमा चर्चा गरौ ……….
हामीलाई भ्रमणको तामझाम होइन, देशको हितमा ठोस परिणाम चाहिएको छ।
जनताको चासो ............ ✍️
Shailendra Thapa retweeted
भगवान् श्रीकृष्ण भन्नुहुन्छ
"हे पार्थ, सबैलाई खुसी राख्नु हाम्रो वशको कुरा होइन,
तर कसैलाई हानि नपुर्याउनु पक्कै पनि हाम्रो नियन्त्रणमा छ।
त्यसैले, आफ्ना कर्महरू असल छन् भन्ने सुनिश्चित गर;
बाँकी सबै कुरा ममाथि छोडिदेऊ...!!" ✍️
Shailendra Thapa retweeted
शुभ बिहानी ! अरुले प्रगति गरेको वा आफुभन्दा बढी उत्कृष्टता हासिल गरेकोमा कुनै चिन्ता लिनु भन्दा आफुलाई अझ उत्कृष्ट बनाउने सोच राखी मेहनत गर्यौँ भने अघि बढ्न सक्छौँ किनभने जीवनमा प्रतिस्पर्धा अरुसँग होइन आफैँसँग गर्ने हो। शुभ दिन ! शुभ समय !
Shailendra Thapa retweeted
ॐ त्रयंबकम यजामहे सुगंधिम पुष्टिवर्धनम उर्वारुकमिव वंदना मृत्योर्मुक्षीय मामृतात् ।।
ॐ नमः शिवाय , नमः शिवाय शुभं शुभं कुरू कुरू शिवाय नमः ॐ’, नमो नीलकण्ठाय, ॐ पार्वतीपतये नमः, ॐ पशुपतये नम:। ओम् अघोराय नम:।।ओम् तत्पुरूषाय नम:।।शुभ प्रभात, नमस्कार 🌄🙏🌿🌿🌿🌹🌹🌹🌹🌹🌹
झर
१
अरूलाई खुइल्याएर राम्रो देखिने
प्रवृत्ति हो कालो इतिहास लेखिने
२
जिम्मेवार व्यक्ति गैरजिम्मेवार काम
शान्ति समृद्धि पुग्ने भए परम धाम
३
राम्रै सुनिन्थे अतितमा लाग्ने नारा
कुकर्म बन्दैछन् निकासमा तगारा
४
घट्दै छन् पक्षमा ताली ठोक्नेहरू
कहिले बुझ्छौ जिम्मेवारी बोक्नेहरू
🙏🙏
मुक्तक
पिरतीको बगान भित्र रोडा भेटियो
लागेपछि ठेस घायल गोडा भेटियो
घाम पानी छलौँ संगै लक्क्ष अधुरै
नपाउँदा भन्न कत्ति ओडा भेटियो॥
बाँकी:
चलाए छुरा कसैले मुलुक हितको रक्षक
बनेर आए सम्झन्छन् जन सहस्र सालमा॥
आग्रह यहाँ गरियो भित्री मनमा लागेको
नभोग्नु अनि नपर्नु कत्ति त्यो अवगालमा॥
गजल
कलंक टीका नदले पुग्छ देशको भालमा
कामना गरौँ नपरी आउन् अरुको जालमा॥
भनिन्छ जति सशक्त हुन्छ बोलीमा प्रभाव
हुँदैन अनि टिक्दैन लामो बन्दुक नालमा॥
बुझेको कुरा नचाऊँ खोज्छ जहिले उसले
रक्षार्थ आफ्नो अडिनु गर्नु गतिलो तालमा॥
क्रमशः
Shailendra Thapa retweeted
एक समय हुन्छ, मान्छे पहाड बोकेर हिँड्ने साहस राख्छ!
अनि अर्को समय आउँछ, मान्छे याद र जिम्मेवारीको भार उठाउन नसकेर थला परेको अभिनय गर्छ!
त्यसपछि यस्तो समय आउँछ, सबै भारलाई चुपचाप हृदयको चौतारीमा थन्क्याएर मान्छे सिर्फ आवश्यकता बोक्छ, आवश्यक हाँस्छ, अनि आवश्यक बाँच्छ ।
त्यो समयलाई "परिपक्वता" भनिन्छ ।✍️
Shailendra Thapa retweeted
साधकले बुझ्छ
धोका होस्, गाली होस्
या अपमानको चोट
यी सबै अहंकारका आवाज हुन्।
किनकि सत्य बोल्ने
प्रेम गर्ने
वा भित्र शान्त बस्ने मान्छेले
कसैलाई चोट दिन्न।
धोका दिने हात
गाली गर्ने मुख
र अपमान गर्ने नजर
यी सबै डर र असुरक्षाबाट जन्मिएका हुन्।
साधक जान्दछ
उनीहरू आफ्नै अन्धकारसँग लडिरहेका छन्।✍️
Shailendra Thapa retweeted
भक्तिमा शक्ति छ, विश्वासमा भगवान हुनुहुन्छ। मनका सबै नकारात्मकता त्यागेर भगवान श्रीहरिको चरणमा आफूलाई समर्पण गरौँ।✍️
Shailendra Thapa retweeted
यो कसैप्रतिको व्यक्तिगत आरोप होइन
हाम्रो समाजमा देखिने एउटा विरोधाभासपूर्ण मानव व्यवहारप्रति मेरो मनमा उठेको गहिरो अनुभूति र प्रश्न हो। बाहिर कसैले गल्ती गर्दा मुस्कुराएर माफ गर्न सक्ने मानिसले आफ्नै श्रीमती र छोराछोरीका सानातिना गल्तीलाई किन त्यही उदारताले हेर्न सक्दैन?✍️
Shailendra Thapa retweeted
ॐ निलान्जन समाभासं रविपुत्रं यमाग्रजम। छायामार्तंड संभूतं तं नमामि शनैश्चरम॥ऊँ श्रीं श्रूं श्रां शनैश्चाराय नमः।ऊँ हलृशं शनिदेवाय नमः।ऊँ एं हलृ श्रीं शनैश्चाराय नमः।ऊँ मन्दाय नमः।ऊँ सूर्य पुत्राय नमः। शुभ प्रभात🌅 🙏💐💐💐💐💐
Shailendra Thapa retweeted
शुभ विहानी ! शुभ समय ! बहुसंख्यक मानिसहरु जीवनमा आफुले पाउनुपर्ने खुशीबाट वन्चित हुन्छन्। यसको कारण उनीहरुलाई खुशी हुने पल नै प्राप्त नहुने भने होइन, उनीहरु आफुले पाएको खुशीबाट आनन्द लिन पर्खिने धैर्य गर्दैनन्। शुभ दिन ! शुभ समय !
Shailendra Thapa retweeted
ॐ घृणिं सूर्य्य: आदित्य: ॐ ह्रीं ह्रीं सूर्याय सहस्रकिरणराय मनोवांछित फलम् देहि देहि स्वाहा।। ॐ ऐहि सूर्य सहस्त्रांशों तेजो राशे जगत्पते, अनुकंपयेमां भक्त्या, गृहाणार्घय दिवाकर:। ॐ ह्रीं घृणिः सूर्य आदित्यः क्लीं ॐ । ॐ ह्रीं ह्रीं सूर्याय नमः ।ॐ सूर्याय नम: ।ॐ घृणि सूर्याय नम: ।
झर
१,
अग्रजलाई सम्मान हुनुपर्छ
युवालाई प्रोत्साहन हुनुपर्छ
२,
जहाँ हुनेगर्छ सहि पुस्तान्तर
मासिएला संस्कृति हुन्न डर
३,
पहिचान मेटाउने उपक्रम
रोक्न लगाऊँ सारा श्रम
४,
पुर्खाको नाशो सन्ततिको हक
मास्ने उदेश्य नगरौँ चकचक
शुभ प्रभात 🙏🙏
बाँकी:
विकृति बाँड्ने फटाहालाई कज्याउँ उदेश्य
सम्बन्ध राख्नु पर्दछ सधैँ डल्लेठो डल्लाको॥
जोगाइ राख्न संस्कृति धर्म सभ्यता सकलै
शिक्षक बने उचित यहाँ पीडि ती तल्लाको॥











