मन्दिरा retweeted
बजारमा Apple र Samsung बीच प्रविधि र भविष्यको प्रतिस्पर्धा चलिरहेको छ। संसार 5G हुँदै AI मा पुगिसक्यो, एमालेहरू भने अझै Nokia (ओली) कै धुनमा बजार कब्जा गर्ने सपना देख्दैछन्! हैट
मन्दिरा retweeted
आफु खुशि हुने तरिका आफैले खोज्नुपर्छ।जिवन निरन्तर अघि बढिरहन्छ।कस्ले के गर्यो भनेर पछाडी फर्केर हेर्नु हुदैन किनकी बिगतमा जान थालियो भने जानुपर्ने पुग्नुपर्ने गन्तव्यमा पुगिदैन,यात्रामा बिचल्लि परिन्छ।त्यसैले जे जस्ता परिस्थिति कठिनाई आएपनि हिड्न लम्कन छोड्नु हुदैन।नितान्त आफ्नो कारणले जिवनलाई निरस बनाउनु हुदैन।भेटिने छुटिने जिवनको यात्रामा भईरहन्छ,सबैको हिसाबकिताब राखेर गरेर काम छैन किनकी जिन्दगी भनेको नाफा घाटाको व्यापार होईन।मनमा लागेका कुराहरु गर्नुपर्दछ तर आफ्ना कारणले अरुलाई हानि भने गर्नु हुदैन।आफ्ना कारणले अन्यले आफुमाथि प्रश्नचिन्ह उठाउने अबस्था सृजना गर्नु हुदैन।सबैसँग बिचार मिल्छ वा मिलाउनुपर्छ भन्ने पनि हुदैन।बिचार नमिल्नेसँग सामिप्यता राख्नुपर्छ भन्ने पनि छैन।सबैजना आफ्ना निर्णयमा स्वतन्त्र हुन्छन हुनुपर्छ।
दुई दिनको जिन्दगीमा के गरियो भनेर पछि पनि भौतिक शरिरको अबसानपछि पनि हिसाब खोजिन्छ।त्यसैले जे गरिन्छ स्वाँस छँदासम्म हो,सबैले सम्झिन लायक काम गर्नुपर्दछ।त्यसैले जिन्दगीको अमुल्य समय खेर नफालौं,भोलि गरौंला भनेर साँचेर पनि नराखौं किनकी त्यो भोलि भन्ने समय नआउन पनि सक्दछ,ईच्छा लागेका कामहरु गर्न नपाउने समय आउन पनि सक्दछ।समय बलवान छ सकारात्मक सोच राखौं कर्म गरौं फलको आशा नगरौं निरन्तर जिम्मेवारीमा लगाब दिऔं।
#शुभबिहानी_आत्मिय_मनहरु🙏
मन्दिरा retweeted
ॐ त्रयंबकम यजामहे सुगंधिम पुष्टिवर्धनम उर्वारुकमिव वंदना मृत्योर्मुक्षीय मामृतात् ।।
ॐ नमः शिवाय , नमः शिवाय शुभं शुभं कुरू कुरू शिवाय नमः ॐ’, नमो नीलकण्ठाय, ॐ पार्वतीपतये नमः, ॐ पशुपतये नम:। ओम् अघोराय नम:।।ओम् तत्पुरूषाय नम:।।शुभ प्रभात, नमस्कार 🌄🙏🌿🌿🌿🌹🌹🌹🌹🌹🌹
आज कागती बाजेको हालत कस्तो भएको होला? मनभित्र लाग्या होला म किन पदमा आए होला? पद पाएपनि बेलैमा छोडेको भए थोरै भएपनि ईज्जत हुन्थ्यो।कुनै वास्ता सरोकार कसैले गर्याछैन,रबरस्ट्याम्प जस्तो मात्र भएर किन बसुअब पनि?जिवनको उत्तारार्धमा मलाई किन यति सार्है तनाब भएको होला?यस्तै याबत कुरा..
आज कागती बाजेको हालत कस्तो भएको होला? मनभित्र लाग्या होला म किन पदमा आए होला? पद पाएपनि बेलैमा छोडेको भए थोरै भएपनि ईज्जत हुन्थ्यो।कुनै वास्ता सरोकार कसैले गर्याछैन,रबरस्ट्याम्प जस्तो मात्र भएर किन बसुअब पनि?जिवनको उत्तारार्धमा मलाई किन यति सार्है तनाब भएको होला?यस्तै याबत कुरा..
एक पटक राष्ट्रपति भईसकेपछि पुनः राजनीतिमा फर्किने कुरा कुन नैतिकताले दिएर काम गरेको होला? तर एमालेमा हुन्छ अरुमा नभएका,नहुने सबै कुरा ओलि छँदासम्म।युवाको चाहना पालो भन्ने नै छैन।तैपनी "बा" रे ! संसार डुबाए देश डुबाए सबैका रिजेक्डेट पात्र।
मन्दिरा retweeted
अहिले आएर विराज दाईको कुरो ठ्याक्कै मिल्यो। वर्तमान र पूर्व प्रधानमन्त्री लाई मात्रै होइन भविष्यमा हुनसक्ने प्रधानमन्त्रीलाई पनि अल्लि समय चाहिँ मिलाउनुपर्यो। 😊🙏
@Himalayabiraj
मन्दिरा retweeted
पुर्ब गृहसचिब उमेश मैनाली भन्छन: ३० वर्षे सेवा अवधि हटाउन तयार थिए प्रहरी प्रमुख, तर आईजीपी बन्ने स्वार्थले एआईजी–डीआईजीले नै रोके। प्रहरी बिगारेकै प्रहरीका हाकिमले हुन्।
तर मेरो बिचार अलि फरक छ: त्यति मात्र होईन नेपाल प्रहरी बिगार्नमा नेपालमा राजनैतिक पार्टिका नेता तथा कर्मचारीतन्त्र बिशेष गरि गृह प्रशासनको पनि ठुलो हात छ।सबैले आ-आफ्नो कार्यकालमा प्रहरीलाई भकुन्डो बनाएकै हुन।तैपनी आजसम्मको कार्यसम्पादन हेर्ने हो भने नेपाल प्रहरी दक्षिण एशियामा उत्कृष्ठ मध्ये पर्दछ।
आफुखुशि प्रहरीलाई चलाउँदा सुरक्षा र अपराध अनुसन्धान तथा रोकथाममा कति असर गरेको हुन्छ भन्ने आँकलन गर्नै सकिदैन।७/२४ आवर्सको ड्युटि कसरी चुस्त दुरुस्त गर्न सक्छन।अझै यतिले पनि नभएर प्रहरीलाई प्रदेश जस्तै समायोजनमा लैजान खोज्दैछन,त्यस्तो भयो भने झन सामान्य कम्पनीको गार्ड जस्ता हुन्छन प्रहरीहरु।नयाँ आईजि बनेपछि फुलि कस्ले लगाईदिने भनेर गृहमा बहस चल्न थाल्दछ।एकै श्रेणिका गृह सचिबले दर्ज्यानी चिन्ह लगाईदिँदा गौरब र चेन अफ कमान्डको परिभाषित गर्छन।हो यसरी नै हो प्रहरी बिग्रेको भत्केको।आज एउटा जवानमा पनि काम गर्ने मोरल छैन,फेरि मोरल भन्ने कुरा मासु भात खुवाएर एक रात राम्रोसँग सुताएर बढ्ने होईन।हरेक कुरामा समानता,आत्मसम्मान,सुरक्षित भबिश्य र गौरब गर्न लायकको बाताबरण बनाईदिनुपर्छ सरकारले।
जबसम्म हरेक कुराहरु पारदर्शि हुदैनन् तबसम्म केहि पनि हुदैन।कुरा सबैले गर्छन तर सधै रोकिएको हुन्छ साना मसिना कुराहरुमा।प्रहरीबिनाको समाज ५ मिनेट पनि कल्पना गर्न सकिदैन।कर्मचारी सेना नहुँदा धेरै ठुलो असर केहि गर्दैन तर प्रहरीले केहि समय काम गर्न छोड्यो भने देशमा लथालिङ्ग भताभुङ्ग लुटपाट गुन्डागर्दि र जस्को शक्ति उसैको भक्ति जस्तै हुन्छ।जस्तै जेन्जि आन्दोलनपछिको समय सम्झौं त एकपल्ट।कस्तो थियो समय,सुरक्षाको अबस्था कस्तो थियो? सर्बसाधरण जनताले जे महशुस गरिेहेका थिए?
हामिलाई सबै कुरा थाह हुँदाहुदै पनि प्रहरीलाई कहिल्यै बलियो बनाउन खोजिएन,बन्न दिईएन किनकी यसको पछाडि अरु धेरै कारणहरु छन,अन्य सुरक्षा निकाएहरु अस्वस्थ प्रतिष्प्रधामा छन र चाकडि चाप्लुसीको ठुलो पहाडले काम गरेको छ।त्यसैले प्रहरीलाई मात्र दोष दिएर सुख छैन,सबै कोणबाट यो समस्याको जडलाई हेरिनुपर्छ र समाधानको उपाए खोजिनुपर्छ।जबसम्म प्रहरी सन्तुष्ट हुदैनन् हामिले शान्तिसुरक्षा,अमनचयन र अपराधमुक्त समाजको परिकल्पना गर्न सकिदैन।प्रहरी बलियो नहुँदा सुशासन हुदैन,कानुनको पालना नहुँदा दन्डहिनता बढ्दै जान्छ र गुन्डाराज हुन थाल्दछ।
त्यसैले सक्षम प्रबिधिमैत्रि र प्रोफेसनल प्रहरी किन नबनाउने अब पनि?
मन्दिरा retweeted
प्रधानमन्त्री बालेन शाहसँग आज भारत भ्रमणमा जान लागेका ३५ सदस्यीय भ्रमण टोलीको नामावली तथा पद निम्नानुसार रहेको छ:
१. सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाह
२. माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
३. माननीय परराष्ट्रमन्त्री श्री शिशिर खनाल
४. श्री कुमार बञ्ज्याङ्कर, प्रधानमन्त्रीज्यूको मुख्य सल्लाहकार
५. श्री आसिम शाह, प्रधानमन्त्रीज्यूको राजनीतिक सल्लाहकार
६. श्री विवेक मिश्र, प्रधानमन्त्रीज्यूको सूचना तथा सञ्चार प्रविधि सल्लाहकार
७. श्री गोविन्द बहादुर कार्की, मुख्य सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
८. श्री अमृत बहादुर राई, सचिव, परराष्ट्र मन्त्रालय
९. श्री रुद्र सिंह तामाङ, सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
१०. श्री सुवास शर्मा, प्रधानमन्त्रीज्यूको प्रमुख स्वकीय सचिव
११. सुश्री याङ्की उक्याब, प्रमुख कार्यकारी अधिकृत, लगानी बोर्ड नेपालको कार्यालय
१२. श्री जगदीश्वर पाण्डे, परराष्ट्रमन्त्रीज्यूको प्रेस सल्लाहकार
१३. श्री प्रदीप परियार, प्रधानमन्त्रीज्यूको स्वकीय सचिव
१४. श्री गेहेन्द्र राजभण्डारी, सहसचिव, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय
१५. श्री कुमार राज खरेल, शिष्टाचार महापाल, परराष्ट्र मन्त्रालय
१६. श्री लोक बहादुर पौडेल क्षेत्री, सहसचिव/प्रवक्ता, परराष्ट्र मन्त्रालय
१७. श्री अमृत लम्साल, सहसचिव, अर्थ मन्त्रालय
१८. श्री सुवास ढकाल, सहसचिव, सूचना प्रविधि तथा डिजिटल गभर्नेन्स कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
१९. श्री सुनील पौडेल, सहसचिव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय
२०. सुश्री दीपा दाहाल, प्रधानमन्त्रीज्यूको सञ्चार व्यवस्थापन तथा अनुसन्धान संयोजक
२१. सुश्री ललिता सिलवाल, उपसचिव, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय
२२. श्री विजय राज तन्दुकार, उपसचिव, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय
२३. श्री लोचन पौडेल, परराष्ट्रमन्त्रीज्यूको मुख्य स्वकीय सचिव
२४. श्री दीपक राज निरौला, शिष्टाचार अधिकृत, परराष्ट्र मन्त्रालय
२५. श्री मनोज गैरे, शाखा अधिकृत, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय
२६. प्रमुख सेनानी बाल मुकुन्द बिष्ट, प्रधानमन्त्रीज्यूको मुख्य एडिसी (ADC)
२७. सेनानी सुशील बानियाँ, प्रधानमन्त्रीज्यूको सुरक्षा अधिकृत
२८. प्रहरी नायब उपरीक्षक (DSP) दिपेश बस्याल, प्रधानमन्त्रीज्यूको सुरक्षा अधिकृत
२९. श्री विनय शाक्य, प्रधानमन्त्रीज्यूको स्वकीय उपसचिव (सञ्चार)
३०. सुश्री तारा हमाल ढुङ्गाना, संवाददाता, गोरखापत्र
३१. श्री कमल कुमार बस्नेत, संवाददाता, राष्ट्रिय समाचार समिति (रासस)
३२. श्री अशोक कुमार बस्नेत, भिडियोग्राफर, नेपाल टेलिभिजन (एनटिभी)
३३. श्री प्रेम राज गौतम, उप-शिष्टाचार महापाल, परराष्ट्र मन्त्रालय
३४. सेनानी रोशन के.सी., प्रधानमन्त्रीज्यूको एडिसी (ADC)
३५. मुकेश डङ्गोल, महानिर्देशक (DG), नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)
मन्दिरा retweeted
ॐ घृणिं सूर्य्य: आदित्य: ॐ ह्रीं ह्रीं सूर्याय सहस्रकिरणराय मनोवांछित फलम् देहि देहि स्वाहा।। ॐ ऐहि सूर्य सहस्त्रांशों तेजो राशे जगत्पते, अनुकंपयेमां भक्त्या, गृहाणार्घय दिवाकर:। ॐ ह्रीं घृणिः सूर्य आदित्यः क्लीं ॐ । ॐ ह्रीं ह्रीं सूर्याय नमः ।ॐ सूर्याय नम: ।ॐ घृणि सूर्याय नम: ।
मन्दिरा retweeted
#NPLको बिजेता सुदुरपश्चिम रोयल्सलाई हार्दिक धेरै धेरै बधाई🙏
गितले जति मन जितेको थियो आजको खेलले त्यतिकै मन जित्यो।भूगोल आफ्नो नभएतापनि सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (NPL)को उपाधि जितेका छन्।
#प्रधानमन्त्रि बालेनको भनाई अनुसार
नेपाल प्रिमियर लिगको छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने गरी सबै आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण हुनेछन।क्रिकेट रंगशाला नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालयले निर्माण गरिदिनेछ।
फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ।आगामी तीन महिनाभित्र सबै रंगशालाको निर्माण प्रकृया अघि बढाईनेछ ।
क्लब र रंगशालाको विवरण :
१. विराटनगर किंग्स - बैजनाथपुर क्रिकेट रंगशाला
२. लुम्बिनी लायन्स - सिद्धार्थ क्रिकेट रंगशाला
३. कर्णाली याक्स - सुर्खेत क्रिकेट रंगशाला
४. सुदूरपश्चिम रोयल्स - फाप्ला क्रिकेट रंगशाला
५. काठमाडौं गुर्खाज -कीर्तिपुर क्रिकेट मैदान
६. पोखरा एभेन्जर्स - पोखरा क्रिकेट रंगशाला
७. जनकपुर बोल्ट्स - रामजानकी क्रिकेट रंगशाला
८. चितवन राइनोज -गौतमबुद्ध क्रिकेट रंगशाला
क्रिकेटको व्यावसायिक विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार तयार छ ।
#सबैलाई शुभकामना।





















