Tej Binod (@Tejbinod) header
Tej Binod (@Tejbinod) profile picture

“Joishi” App download गर्नु भो? नभुली गर्नुस है। Founder of https://teapawt.org/t.co/gHBpX6QQJQ #AI #IAM_Architect #Investor #Learner #Dreamer #SoftUp #HamroTube

Dallas, TX
Joined June 2011
Photo by Tej Binod (@Tejbinod)Photo by Tej Binod (@Tejbinod)Photo by Tej Binod (@Tejbinod)Photo by Tej Binod (@Tejbinod)Photo by Tej Binod (@Tejbinod)Photo by Tej Binod (@Tejbinod)Photo by Tej Binod (@Tejbinod)Photo by Tej Binod (@Tejbinod)Photo by Tej Binod (@Tejbinod)
गोमा जस्ती आमा,लक्ष्मी जस्ती बहिनी, सरस्वती जस्ती भाउजु र पार्वती जस्ती श्रीमती त मेरो घरमै हुनुहुन्छ, म कुन देवी खोज्दै मन्दिर जानुपर्यो र?
5
65
253
अब मंसिर पनि आयो। नव जोडीहरुलाई आफ्नो मायालुको घुम्टो खोलेर मुख हेर्म मन लाग्ला, अनि कसैलाई लाज लाग्ला। गत बर्ष यहि विहेको लगनमा Release भएको चर्को नबोल, लाज लाग्छ भो मलाई घुम्टो नखोल बिहेमा सुन्न र नाँच्न HamroTube Youtube Channel मा रेडी छ है। चर्को नबोल शब्दः तेज विनोद लयः Prakash Parajuli स्वरः प्रकास पराजुली / Shanti Shree Pariyar एरेन्जः Krishna Kc भिडियोः Sagar Lamsal Kshetri/Samiya Karki निर्देशनः Ekendra Sarashankar youtu.be/Hq2dERQvc3o?is=PJZh…
209
पुलिस जानुपर्ने कार्यक्ररमा गृहमन्त्री पुगेछन्। “कार्यक्रममा पुगेर पानी बाँड्न खोज्दा” पो थाहा पाएछन् कार्यक्रम पुलिसको रहेछ भनेर। धन्न, आगो नझोसी फर्के।
9
288
लाजमर्दो कुरा, भोलिदेखि सुरु हुने मुख्य कार्यक्रमको उद्घाटन सत्रमा समेत भाग नलिई गुरुङ भोलि बिहानै नेपाल फर्किँदै रहेछन् (जबकि उनी त्यही कार्यक्रमको लागि गएका थिए)। युएईको अथोरिटीले "तपाईंहरूको देशको प्रहरी खै?" भनेर सोधेपछि आज ३ जना प्रहरी अधिकृतलाई युएई गए। देशको ढुकुटीको तालाचाबी आफ्नै हातमा छ। लुट्ने बेला यहि हो। मोज हानौं। जय खरानी!!
16
50
9
171
15,085
एउटा नेपाली महिलाको बिदेशी पुरुष सँग प्रेम भएछ, अरु कुरा मैले खासै फलो गरेको छैन। तर त्यो महिलाको फेसबुक पोष्टमा नेपालीहरुले “भालु” “रन्डी” भनेर कमेन्ट गरेका छन्। उसको व्यक्तिगत जीवनमा हामीलाई कति खसखस हुन्छ है? कुमारी भएपनि, भालु भएपनि, रन्डी भएपनि उसले उसको जीवन खुशीसँग बाँचेको छ भने बाहिरका मान्छेलाई बाल? कोहि मन परेनभने Unfollow गर्नु, Block गर्नु तर नचाहिने कमेन्ट किन गर्नु?
12
793
प्रधानमन्त्री कुमार बेनले इनम सापकोटाको मोबाइल लगेछन्। आफ्नो फोनबाट इनमलाई मेसेज गरेछन्, “कुमार बेनलाई चिन्छौ?” फेरी इनमको फोनबाट आफैले जवाफ लेखेछन्, “म चिन्दिनँ”। प्रहरीको फोरेन्सिक रिपोर्ट बाट पुष्टि भएको खबर छ। खरानी युगमा केके देख्न पाइने हो?
7
12
1
149
7,350
मलाई ५ पटक प्रधानमन्त्रि बनाएको पार्टिको लागी म ज्यान दिन तयार छु :- शेरबहादुर देऊवा अनि चुनाबमा भोट हाल्ने बेलामा चाहिँ किन दुलो पस्या नि?
1
10
238
मैले पहिल्यै भन्या हो, इनम बिचौलिया होइन। कालोलाई सेतो, सेतोलाई कालो, कालोलाई सेतो, सेतोलाई कालो, कालोलाई सेतो, सेतोलाई कालो, कालोलाई सेतो, सेतोलाई कालो, बनाउन खरानी ग्यांगले तयार पारेको डमी हो।
खासमा इनम सापकोटा भनेको बिचौलिया नै होइन। सरकारले केहि काम गर्न नसकेको बेलामा विषयान्तर गर्नको लागि देशमा सनसनी मच्याउन खडा गरिएको खरानी ग्याङ्को एक सदस्य मात्रै हो। उनीहरुले जे जानेका छन् त्यहि गरेर रमाएका छन्।
1
1
216
यहि पाराले त त्यो पाकिस्तानी केटा पनि अर्को पटक सांसद होला जस्तो छ। आशिका जस्तै।
1
7
315
तपाईँको गाउँमा के फल्छ? तपाईँको जिल्ला र गाउँ सहित भन्नुस है। (मेरो गाउँघर आरुचौर स्याङ्जा, हाम्रोमा धान, मकै, कोदो, गहुँ, आलु फल्छ। तर फलफूल फल्दैन। अहिले धेरै जसो खेतबारी बाँझो छ। घरहरुमा ताला लाएको छ, गाउँ सुनसान छ।) तपैकोमा कस्तो छ? (यो प्रश्न मैले मेरो आउँदै गरेको पुस्तकको लागि सोधेको हुँ, सम्बन्धित विषयवस्तु हजुरको नाम सहित समाबेश गर्नेछु।)
123
तीन वर्षको अध्ययन, खोज र कुराकानीपछि मैले एउटा नेपाली किताब लेखेर सकेँ। अहिले Shika Books मा सम्पादन हुँदैछ। छिट्टै तपाईंहरूले पढ्न पाउनुहुनेछ। किताबको नाम अहिले नै भन्दिनँ।तर पुस्तकले "नेपालमा केही छैन" भन्ने गुनासोका उपास खोजेको छ। बिदेश बसेर नेपालमा व्यापार गर्दा, दर्जनौं नेपाली युवाहरुसँग सँगै काम गर्दा मैले यति बुझेँ, नेपालमा अवशर छन् हामीले नदेखेका हौं। अरु सबै कुरा तपाईहरुले पुस्तकमा पाउनुहुनेछ। सम्पादनको बीचमा म तपाईंहरूको सल्लाह र सुझाव लिन चाहन्छु। अबका केहि पोष्टहरुमा आफ्नो विचार दिएर सहयोग गर्नुहोला। 🙏 — Tej Binod
5
270
बालेनले तँ हिचडा, तेरो स्तन खोइ, बच्चा कहाँबाट जन्माउँछस भनेर सडकमा र्याप हान्दा गीत हुने। शंकरले सरकारी ठग्ने जीबि राई खोइ भनेर देउसी गाउँदा आपत्ति हुने?
5
20
1
147
5,253
Tihar ko hardik shuvakamana! As thousands of Nepali New Yorkers light diyas for Laxmi Puja and celebrate the bonds of Bhai Tika, may this Tihar bring you prosperity, peace, and the sense of belonging you deserve.
724
2,084
383
30,682
1,224,230
रमाइलो कोपनहेगनको रात। शुक्रबार र शनिबार रात हामी कोपेनहेगनको डाउनटाउनमा घण्टौं बस्यौं। हातमा वियर लियौं, नेपालमा चलेको - Tuborg, अनि हेरिरह्यौ, बिहान सम्म। सडकभरि युवायुवती: सबै झुमेका, हातमा बियर लिएर बिन्दास हिँड्दै। रातभर, बिहानसम्म। जति रमाए पनि थाकेको कोही देखिएन। सबैभन्दा बढी म युवतीहरूको आत्मविश्वास देख्दा अचम्म परेँ। दुई हातमा बियर, अनुहारमा न डर, न लाज, न "अरूले के भन्लान्" भन्ने चिन्ता। युवतीहरु पनि साह्रै राम्रा। दिउँसो कसैले कसैको मुख हेर्दैनन्, रातमा आफ्नै खुसीमा बाँचिरहेका। रेलमा पनि त्यस्तै। अरु दिन १० बजे बन्द हुने रेल शुक्र र शनिबार रातै भरी चल्दो रहेछ, र रेलभित्र काँधमा स्पीकर, हातमा बियरको बोतल लिएर झुम्दै हिँडिरहेका युवा। कोही कसैलाई रोक्दैन, कसैले नराम्रो नजरले हेर्दैन। यो रक्सीको कुरा होइन, वातावरणको कुरा हो। त्यो वातानरण मलाई औधी मन पर्यो। हाम्रोमा कति रात र कति हाँसो "अरूले के भन्लान्" भन्ने डरले रोकिएका छन्। २४ घन्टा आफू भएर स्वतन्त्रपुर्बक हयबाँच्न डेनमार्कबाट सोच्नुपर्ने रहेछ। तपाईंलाई कुनचाहिँ खुसी साँचो लाग्छ, खिस्स देखाइने हाँसो कि कसैले नजाँच्ने स्वतन्त्रता?
7
418
राजनीति बुझे देखि प्रजातन्त्र मानियो, प्रजातन्त्रको पछि लाइयो, लेखियो पनि गाली खाइयो। तर यो शेर बहादुर देउवाको पक्षमा अहिले सम्म एक शब्द खर्च गरिएको छैन। पद र पैसाको लागि देश र कांग्रेसलाई खाल्डोमा हाल्ने यहि हो।
5
4
30
1,621
हामी दुई हप्ता युरोप घुमेर फर्कियौं। डेनमार्क, स्विट्जरल्यान्ड, लन्डन, जर्मनी। 🇩🇰 डेनमार्क सधैँ संसारका सबैभन्दा खुसी देशहरूको सूचीमा पर्ने ठाउँ। तर बाटोमा हिँड्दा मैले मान्छेका अनुहारमा हाँसो भेटिनँ। कसैले कसैको मुख हेर्दैन, कोही कसैसँग बोल्दैन, सबै आफ्नै संसारमा। कोहि मान्छे नाङ्गै हिडेपनि तिनीहरुलाई बाल रहेनछ। कसैलाई कसैको मतलब छैन। मलाई एउटा प्रश्न मनमा आयो: खुसी भनेको हाँसो देखाउनु हो कि कसैको वास्ता नगर्नु? सायद उनीहरूको खुसी मौनता र स्वतन्त्रतामा रहेछ। हाम्रो खुसी "खाना खायौ?" सोध्नुमा। 🇨🇭 स्विट्जरल्यान्ड यहाँको विकास देखेर चकित परेँ। हाम्रोजस्तो डाँडापाखा डोजरले जथाभावी खनेको देखिएन। रेल सरर चल्छ, सबै कुरा समयमै ठ्याक्कै। तर मैले भेटेका कतिपय मान्छेको व्यवहार रुखो लाग्यो, र एकदुई ठाउँमा भेदभावजस्तै पनि महसुस भयो। 🇬🇧 लन्डन पुरानो सहर, सफा, अलि खानदानी चाल। तर एउटा घटनाले मेरो मन खिन्न बनायो। एयरपोर्टमा म, विन्दु र नानीहरू Uber कुरिरहेका थियौं। एकजना बस ड्राइभर आएर सोध्यो, "कहाँ जाने?" मैले भनेँ, Terminal 5 को Hilton। उसले भन्यो, "बिचरा बच्चासँग किन Uber कुर्छौ? Terminal 5 जाने बस छ, ७ पाउन्ड प्रतिव्यक्ति। Uber आउन १० मिनेट लाग्छ।" बच्चाहरूको माया गरेझैँ गरेर उसले हामीलाई बसमा चढायो। त्यसपछि ४५ मिनेट हामी टर्मिनल–टर्मिनल घुमिरह्यौं, र उसले हामीलाई Terminal 5 मा झार्‍यो, होटलमा होइन। अन्ततः हामीले फेरी Uber बुक गरेर होटल पुग्यौं। उनीहरुले हाँसीहाँसी बस भर्दा रहेछन्। युरोपका मान्छे चाहिँ सुन्दर। साइकल र पैदलयात्रा धेरै भएर होला, जीउ ठिक्क। कोपेनहेगनको रात? मैले जीवनमा भुल्न नसक्ने रात। बिहान ५ बजेसम्म सडकभरि मान्छे। खचाखच बार। यो कुरा अर्को पोस्टमा। तपाईंले विदेशमा कहिल्यै यस्तो अनुभव गर्नुभएको छ? कमेन्टमा लेख्नुहोस् है।
8
1
1
41
8,740