दुनीयाको बहुतै दुखिया देशको चुत्थो र चुतीया ब्युरोक्रेसी नेपालकै हो। क्षमता र चुस्तता कुमारीचोक अड्डाकालीन छ।नागरिकता, नेस्नल आइडी, भोटर आइडी, ड्राइभिङ लाइसेन्स, प्यान आइडी, पासपोर्ट गरी कममा छ वटा आइडी चाहियो नेपालीलाई। सबैका सफ्टवेर कब्जा गरेका बिचौलीयाहरु छन, (आफ्नो क्षमता छैन, विदेशबाट भारी कमीसनका साथ बिचौलीयामार्फत सेवा लिनपर्ने)। सवारी साधनको लाइसेन्स प्लेट सफ्टवेरमा, ड्राइभिङ लाइसेन्सको सफ्टवेर सबैमा बिचौलीया- आक्क हौ । नयाँ नागरिकता इस्यू गर्दा त्यसैमा NID नं दिने- अनि पहिलेनै लिइसकेकालाई बोलाएर त्यसैमा एनआइडी थपिदिए भैहाल्थ्यो। तर एनआइडी वाला सफ्टवेर किनबेचवाला बिचौलीयाले त्यसो किन गर्थे? अरब माथि खर्चेर एनआइडी सफ्टवेर ल्याए क्यार। कति बर्ष, कतिवटा आइडीलाई हो? (लिमिटेसन त पक्कै छ) त्यो एक्स्पाएर भएपछि अर्को लफडा दिनेछन हामीलाई। पासपोर्ट लिदा वा नवीकरण गर्नपर्दा नेस्नल आइडी नं अनिवार्य छ, तर जब पासपोर्ट आउँछ- त्यहाँ नागरिकता नं. हुन्छ, (एनआइडी नं हुदैन)।किन चाहिया हो थाहा छैन।
नेपालमा सरकारी सेवा (खासमा निजामका नोकर-सेवकवाला तर्फ) सेवाप्रवेश (जब इन्ट्री) परीक्षा र पढाइ पेशा र जिम्मेवारी केन्द्रित, विषय केन्द्रित हुनसकेको छैन।
समाज, राजनीति, आर्थिक, साँस्कृतिक सबै पक्ष भूमण्डलीकरणले बिबिधीकृत छ।बिषय विज्ञता बिबिधिकृत छ- तर नेपाली नोकरशाहीमा एउटै ब्यक्ति सर्ब-विज्ञ? (त्यही ब्यक्ति सिडिओ, अख्तियार प्रवक्ता, श्रम निर्देशक/सहचरी, इमिग्रेसन चिफ, लोकसेवा परीक्षा नियन्त्रक, विद्यालय/विश्विद्यालय शिक्षाका महानिर्देशक, यातायात व्यवस्था/शहरी बिकास का महानिर्देशक, जनस्वास्थ्य, बजेट महाशाखा, बैदेसिक सहायता महाशाखा सबैसबैतिर घुमीघुमी प्रमुख भाको देख्छु (सहसचिब भएपछि)।हे नारन, यतिधेरै जान्दछ र भन्या एउटै ब्यक्तिले?
अख्तियार - - मा नियुक्त गर्न भ्रष्टाचारको कानूनी, सामाजिक, आर्थिक, राजनीतिक, साँस्कृतिक, एतिहासिक आदि बुझेको पढेको लाई रिक्रुट गर्नू, त्यसैको समूह छुट्टै बनाउनू, सेवा प्रवेशको छुट्टै शर्त र योग्यता बनाउनू पर्ने।
यति शक्तिसाली पार्टीले पहिलो अध्यादेशबाट उपसचिव र त्यसमाथिका सबै पद खारेज गरेर -पार्टीको आफ्नो नीति (यो देश कस्तो बनाउने) अनुसार प्रधान मन्त्री र मन्त्रीहरुले आफ्न तालुक मन्त्रालयमा कन्ट्राक्टमा सम्बन्धित विज्ञहरु लगेर आफ्नो कार्य फत्ते गर्नुपर्थ्यो- युएसएको जस्तो।
असक्षम कर्मचारीतन्त्रको पालनपोषणमै नेपालको सम्पूर्ण रेभेन्यू गइराछ। विशालकाय- अतिशय ठूलो पनि भो। मानव जिन्दगी स्थायी छैन- के को स्थायी कर्मचारी नि यो दुखिया देशमा ?
हन, नेपाल चैँ केहौ अन्त? सबै बिषयको सबै बिज्ञताको कर्मचारीको कार्टेलिङ “लोक सेवा” (कि घोक सेवा?) ले नै गर्ने। धत ! मनोज गजुरेलले भन्या झैँ कुरा गऱ्यो कुरैको दुःख !
हरेक ठाउँमा KYC भर्नुपर्ने, एकपटक भरेर नपुग्ने र पटकपटक भर्नुपर्ने, KYC भर्दा नागरिकता नम्बर राखेर मात्र नहुने -न्याश्नल आइडी पनि राख्नुपर्ने, दुबैमा कहिले जारी गरेको हो, कुन जिल्लाबाट जारी गरेको हो त्यो पनि लेख्नुपर्ने, सबै विवरण लेखेर मात्र नहुने स्क्यान्ड कपी पनि बुझाउनुपर्ने !
न्याशनल आइडिमा कहिले जारी गरेको हो र कुन जिल्लाबाट जारी गरेको हो उल्लेख छैन, अनिवार्य रूपमा त्यो पनि भर्नै पर्ने !
सरकारसँग वा सम्बन्धित संस्थासँग भएका सबै विवरण हरेक नागरिकले प्रत्येक पटक बुझाउनुपर्ने यो कस्तो झन्झटिलो र वाहियात चलन हो !? KYC भराउने हो भने पहिलेको विवरणमा परिवर्तन भएको छ कि छैन सोधेर भएको भए त्यो विवरण मात्र भराए हुन्न ?
नेपालमा सरकारी प्रक्रियाको डिजिटाइजेशन हाते वा कागजी प्रक्रियाभन्दा पनि झन्झटिलो छ ।
(नोट: सरकारका समर्थकहरू नरिसाउनुहोला, यो आलोचना अहिलेको सरकारको होइन, समग्र सरकारी प्रक्रियाको हो र विगतमा पनि यही समस्या थियो ।)
“शाह” लेख्न (शक्ति-सत्तामा पुगेसी) सजिलो छ तर शाह-लाइक हुन, “सम्भ्रान्त” र “धनाढ्य” खेलहरु सिक्नैपर्छ जान्नै पर्छ। भेष-भुषा जुत्ता चश्मा मात्र फेरेर पनि पुग्दैन। बाइ द वे द. कोरियाका राष्ट्रपति (१९९३-९८) किम योङ छाम ले आफू राष्ट्पति भएपछि गोल्फ नखेल्ने घोषणा गरे- खेलेनन् - कारण गोल्फ संगै खेल्ने सेना-अधिकारीहरु, कङ्लोमरेट एक्जक्युटिभ्स् - राजनीतिक नेताहरु- ब्यापारी तथा ब्युरोक्रेट्सहरुले भ्रष्टाचारको अखाडा पनि बनाएका थिए गोल्फलाई। नेपाल चैँ पछाडि हिँड्छ । “सम्भ्रान्त” र “पश्चिमा-संस्कारी” हुँदै जानुलाई आधुनिक हुनु भनिन्छ/ठानिन्छ नेपाली समाजमा। त्यसैले म अहिले पढ्दैछु: ब्रुनो लतौर को We Have Never Been Modern (1993)
“If states were free to attack one another based on their own assessments of possible future threats, what would be left of the international legal order?”
english.kyodonews.net/articl…
5
296
Dambar Chemjong retweeted
🌦️ भोलि छठमा पश्चिम नेपालमा हल्का–मध्यम र पूर्वका केही ठाउँमा छिटपुट वर्षा हुन सक्छ। पोखरासहित पश्चिमी पहाडमा मेघगर्जन/चट्याङ र असिनाको थोरै सम्भावना छ।
बंगालको खाडीको सम्भावित न्यूनचापीय प्रणालीले नेपालमा वर्षा ल्याउने संकेत कम छ; अझै एक हप्ताभन्दा बढी बाँकी छ। अपडेट हेर्नुहोला।
प्रहरी प्रमुख मात्र होइन, बहुमतको सरकारले आफ्नो विश्वासको र आफ्नो नीतिहरु (अर्थ,विदेश, आन्तरिक प्रशासन सबैतिर) कार्यान्वयन गर्न सहज हुने गरी नियुक्त गर्ने हो, सबैतिर, राजदूत आदि समेत। ढोंग बढी गरिराखेको छ सैयौं हजारौँ निवेदन जम्मा गरेर यो सरकारले समेत।
प्रहरी प्रमुख सरकारले विश्वास गरेको मानिस नै हुनुपर्छ । सरकारले पदबाट हटाउनासाथ दौडेर अदालत जाने प्रहरीका आइजिपी गतिला मानिस हुन् जस्तो मलाई लाग्दैन । तिनीहरूमा आत्मसम्मान हुँदैन, पदलोलुपतामात्र हुन्छ । सरकारले आइजिपी फेर्न पाउनुपर्छ ।
तर, मलाई लाग्छ नेपालको अहिलेको मुख्य विषय त्यो होइन ।
चिन्ताको विषय के हो भने प्रहरी प्रमुखभन्दा अयोग्य र अपारदर्शी उनलाई नेतृत्व गर्ने सरकारका मानिसहरू देखिएका छन् । केही समययता सरकारले संवेदनशील मुद्दाहरूमा जसरी अपारदर्शी हस्तक्षेप गरिरहेको छ र प्रहरी संगठनलाई जसरी गिजोलेको छ त्यसले आइजिपी फेरबदलबाट सरकारको काम गराइमा सुधार हुने देखाउँदैन ।
1
11
791
प्रश्नः @grok राजा, नमस्कार छ।वरिष्ठतम् एवं वहुचर्चित पत्रकार टिकाराम यात्री र इनम सापकोटा बारे खबरले नेपालै हल्लेको छ, बताइदिनोस न प्लीज।
उत्तरः
इनम सापकोटा र टिकाराम यात्री दुवै जनाले हार्वर्ड वा अमेरिकाका कुनै विश्वविद्यालयमा अध्ययन गरेको भरपर्दो प्रमाण छैन।
इनम सापकोटाबारे
हार्वर्डबाट पीएचडी गरेको र अमेरिका/क्यानडामा वार्षिक ३ लाख ६० हजार डलर तलबमा काम गरेको समाचार/दाबी प्रमाणित भएको छैन। यो दाबी मुख्य रूपमा पत्रकार टिकाराम यात्रीको कार्यक्रम (तमासो मा ज्योतिर्गमय) बाट फैलिएको हो। यात्रीले उनले एमबीबीएस, एमडी र हार्वर्डबाट पीएचडी गरेको, आईईएलटीएसमा ९ ल्याएको र मासिक २५–३० हजार डलर कमाउन सक्ने बताएका थिए।
तर जाँच गर्दा:
•नेपाल मेडिकल काउन्सिलमा उनको नाम चिकित्सकका रूपमा दर्ता भएको अभिलेख फेला परेको छैन।
•हार्वर्ड मेडिकल स्कुल वा विश्वविद्यालयको सार्वजनिक डाइरेक्टरी/अभिलेखमा उनको नाम भेटिएको छैन।
•हार्वर्डसम्बन्धी हल्ला एउटा आईईएलटीएस कोचिङ सेन्टरको पुरानो प्रचार पोस्टबाट आएको हुनसक्ने संकेत छ (जसमा “इनम सापकोटा” भन्ने नामले ब्यान्ड ९ ल्याएर हार्वर्ड मेडिकल स्कुलमा जाने भनिएको थियो)। यो फरक व्यक्ति वा मार्केटिङ सामग्री हुनसक्छ।
रातोपाटीको एक रिपोर्टमा भनिएको छ कि उनले जर्मनीबाट क्लाइमेट चेन्जमा पीएचडी गरेका छन्, भारत, जर्मनी र अमेरिकामा बसेका छन् र अमेरिकी ग्रीन कार्ड छ। तर विश्वविद्यालयको नाम, वर्ष वा शोध शीर्षक स्पष्ट रूपमा पुष्टि भएको छैन। उनी करिब ३० वर्षका, झापाका, लिटिल एन्जेल्स स्कुलका विद्यार्थी (चोलेन्द्र शमशेर जबराका छोराका सहपाठी/सिनियर) हुन्। हाल उनी पैसा शुद्धीकरण र प्रभाव पार्ने आरोपमा प्रहरी हिरासतमा छन्।
सारांश: हार्वर्ड पीएचडी र ठूलो अमेरिकी तलबको दाबी अहिलेसम्म प्रमाणित भएको छैन। यो अतिरञ्जित वा गलत जानकारी जस्तो देखिन्छ।
टिकाराम यात्रीबारे
उनी नेपालमै पढेका हुन्। गोल्डेन सनराइज इंग्लिस स्कुल (गौरादह), दमक मोडल कलेज (+२) र त्रिचन्द्र क्याम्पस (राजनीतिशास्त्रमा स्नातकोत्तर, अंग्रेजी साहित्यमा पनि) बाट शिक्षा लिएका छन्। अमेरिका वा हार्वर्डमा अध्ययन गरेको कुनै प्रमाण छैन। उनी अमेरिका, बेलायत आदिमा कार्यक्रम/भ्रमणमा गएका छन्, तर औपचारिक शिक्षा नेपालमै हो।
निष्कर्ष: दुवै जनाले अमेरिकाका विश्वविद्यालय (हार्वर्ड सहित) मा अध्ययन गरेको भरपर्दो जानकारी छैन। इनमबारेको हार्वर्ड र उच्च तलबको समाचार यात्रीको प्रस्तुतिबाट बढी फैलिएको हो, जसको आधिकारिक पुष्टि अहिलेसम्म भएको छैन।
अहिले यो विषय चलिरहेको अनुसन्धानसँग जोडिएको छ। थप ठोस प्रमाण (प्रमाणपत्र, विश्वविद्यालयको आधिकारिक पुष्टि) नआएसम्म दाबीलाई विश्वास नगर्नु उपयुक्त हुन्छ। थप केही सोध्नुपर्ने भए भन्नुहोस्।
2
9
1,180
नेपाली विशेषताको बौध्दिकता,क्षमता, प्राज्ञिकता,योग्यता यस्तै भयो। “हामी दुनीयाकै सबसे महान, बुध्दको झैँ चौडा मन, सगरमाथाजत्तिकै अग्लो सीर हाम्रो। एशिया कै बीचमा सगरमाथा हामीले उठायौँ” नेपाली विशेषताका हाम्रा विश्वविद्यालय, बिज्ञान, बिचार यसैमा विश्वास गर्छ। राम राज्यमा फर्किने कल्पना बुन्छन दलहरु- नयाँ जंगबहादुर जन्मे हुन्थ्यो कामना गर्छन् नागरिकहरु। आधुनिक भनिएको महाकवि रचना गर्छन्ः
“मीठो लाग्छ मलाई ता प्रिय कथा प्राचीन संसारको! हाम्रो भारत वर्षको उदयको हैम प्रभा सारको!!”
अब प्रजातन्त्र आयो- ल्यायो, नयाँ चुनौती, समस्या आए, यो संक्रमण कालमा, यो शुन्यतामा कसरी अघि बढ्ने भन्ने चिन्ता छैन
“जाडामा पनि कोयली कुसुमका वास्नाहरु सम्झदै!
फर्केलान दिन फेरि उतर भनी बस्छे अकेली रुँदै!!” (देवकोटा, शाकुन्तल महाकाव्य)।प्राचीन युग फर्केर आइदिए हुन्थ्यो को उत्कट कामना एकातिर ।
अर्कातिर
। “रिसरेक्टेड जंगबहादुर मै हो” झैँ कलाबाजी देखाउँछ नवनिर्बाचित राज्याधिकारी । नयाँ सोच चिन्तनका साथ अघि बढ्ने क्षमता छैन- सो प्राचीनतम् मा औधी विश्वास। Anachronism मा अति विश्वास नेपाली विशेषताको बौध्दिकतामा। यता ‘वाल्मिकी-रचित’रामायणका रामले शिब धनुमा ताँदो चढाएर बाण हान्न तयार भएर सीता पाएको मिथक कथा नेपाली विशेषताको बीरता र बौध्दिकता,नैतिकताको आधार बन्छ- उता ‘होमर रचित’ ग्रीक मिथक कथा दि ओडिसीका हिरो एथकाका राजा ओडिसिअसले धनु उठाएर ताँदो चढाएर झंकारका साथ बाण हान्ने क्षमता प्रस्तुत गरेर आफ्नी रानी पाएको मिथक कथा मै सीमित छ- यता आशीर्वादका स्रोत हुन् दशरथ पुत्र राम। महाभारत युध्दकालमै आग्नेयाश्त्र आदि (anachronistic myths) आविश्कार र प्रयोग भैसकेकाले हाम्ले गर्न बाकी के छ र? नेपाली विशेषताको चिन्तन भुँडीभरी अघाउँजी खान, आङ् न्यानो राख्न र दुनीयाँले देख्नमा “फलानोको घर” भन्न भन्दा पर नजाने रैछ त यार @sanpokh
एउटा आउँछ स्टुडियोमा "अङ्ग्रेजीको woman संस्कृतको उमाबाट आयात गरिएको शब्द हो" भनिदिन्छ -'ए हो है ?' भनेर छक्क पर्दै टाउको हल्लाउने, अन्तर्वार्ता जस्ताको तस्तै बजाउने !
अर्काले "गरुड पूराणमा पृथ्वि र सूर्यबिचको दूरी 'एक्ज्याक्ट' लेखिएको छ" भनेर गफ जोत्छ, सुनेर छक्क पर्ने, त्यो पनि बजाउने !
अर्काले अध्ययन भ्रमणमा चीन गएको कुरालाई "चीन सरकारले मलाई सल्लाह माग्न बोलाएको थियो" भन्छ -त्यो पनि उसको बायो बनाएर पढिदिने !
अझ अर्काले "फलानो विचौलिया दलालले ३० हजार डलर महिनाको तलब खान सक्छ रे !" भन्छ त्यो पनि पत्याउने र हौसिंदै अरूलाई सुनाउने !
पत्रकारितामा तथ्य जाँच गैरकानुनी हुन्छ, हो ?!
1
3
524
लु ! कथित शहर पसेको लिम्बूको ब्रन्च । भात नखा है - छिट्टै मर्छस भन्छ साथीहरु। शत्रु किन हसाँइ हाल्नु भनेरौ ।
9
44
1,326
यो दूईदिनको चोला, आफै सकिए बाल-बच्चा के खान्छन् होला!
नेपाली चिन्तनः एक भुडी खान- एक सरो लाउन र झरी नचुहिने छानामुनी बस्न भन्दा पर पुग्छ त ?
मरीलानु के छ? पाइने रछ, जापनिज बियर टोक्यो ड्राई ।
7
51
1,357
World-class El Claśico match analysis by Sujan van Gautam👏👏👏👏
m.youtube.com/watch?v=zRPbdk…
305
दिउँसै सुतिराथेँ,तन्द्रा-निद्राकै मध्यमा कसैले थर्कायो-नसुत! बरु पढ केही।उठेँ,एजी फ्र्यान्कको “क्यापिटलिज्म् एण्ड अन्डर डिभलपमेन्ट इन ल्याटिन अमेरिका” (१९६७) को ‘दि थिसिस अफ क्यापिटलिस्ट अण्डरडिभलपमेण्ट’ ५ पेजजति पढेझैँ गरेँ-सबै बुझे झैँ मानेँ ।
छैटौँ इन्द्रीयले अह्रायोः हिँड केटा,२-३ किमी।
हिँडिरहँदा बिकासबारे मोनोलग हुदै आयो। २८ बर्ष अघि धादिङको वासबाङ गाउँमा चेपाङको चाड पाक्काइसा-क्रुक्काइसा हेर्न गएको थियौँ ।त्यस अवसरमा चेपाङ युवायुवतीले बिकासको समग्र चित्रण गर्ने गीत गाएको संझे।
“हुनलाई त बिकासै भाको छ, तर हाम्रो होइन अन्तै तिर गाको छ,
फूल जमूना, बिकास जति अरुलाई भैगयो हाम्लाई नमूना”
ती युवायुवतीको बिछट्टै सुन्दर सीर्जनसीलताप्रति नतमस्तक हुँदै मनमनै धन्यवाद दिएँ। संगसंगै बाल्यकालमा लिम्बूको एउटा अबस्थाबारे चित्रण गरिएको गीत सम्झेँः
लिम्बूहरुको गाउँ ठूलो, खानु त के छ नाउँ ठूलो ।
हो त नि ।फेरि लिम्बूले ठूलो संख्यामा पाहुना जाँदाको कहने गरेको भनाई सम्झेँः
“दूईमुठी छोक्रा दूईमाना पानी (तङ्बामा)!
दिनेलाई भन्दा खानेलाई हानी!!”
ए हो? आन्द्रे गुन्डर फ्र्यान्कले सटीक लेख्या रछन्, “डिभलपमेन्ट एण्ड अन्डरडिभलपमेन्ट आर द टू फेसेस अफ द सेम क्वोइन” ।यसै थिसिसमा आधारित David Seddon @pigreen1 ले नेपाल इन क्राइसिस (१९८०) मा नेपाल आफै पेरिफेरल देश भइकन पनि काठमाण्डौ सेन्टर भएको र मध्य पश्चिम भने पेरिफेरीको पनि झन पेरिफेरी रहेको थिसिस सम्झेँ।
“सोसिअलजी एण्ड डिभलपमेन्ट” पुस्तकमा
David Hulme को निस्कर्षात्मक परिभाषा डिभलपमेन्ट इज नथिङ बट द पोलिटिक्स् बिटविन द प्रोड्युसर्स् [अफ दि नर्थ) एण्ड कन्जुमर्स [फ्रम द साउथ] ठीक लाग्यो। यति भएपछि र त्यति पुस्तक हेरेसी - “डिभलपमेन्टल डिलेइमा” मा एउटा घच्चीको भषण त पक्कै बनेगा - मानेँ ।लगभग आठ किमी हानिएछ घर पस्दा ।
साउने र असोजे झरीपछि अब कात्तिके झरी पनि?
साउने र असोजे झरीपछि अब कात्तिके झरी पनि? चार मोडेलले कात्तिक १०–१९ सम्म वर्षाको क्रम देखाएका छन्। सबै ठाउँमा लगातार पर्ने होइन; पूर्वानुमान फेरिन सक्छ। पाकेको धान खेतमै बिग्रिने चिन्ता छ। किसानले मौसम हेरेर काट्ने र भित्र्याउने योजना मिलाउनुहोला। चार वटा मोडेलले दिएको 👇
4
459
नेपालमा दर्शनशास्त्र खै?
भूगोल (भौतिक र मानव)पढ्ने।त्यसैमा मानव प्राक्इतिहास र इतिहास आउँछ-अनि होला सत्ता र राजनीतिको इतिहास।इतिहासको पारिभाषिक दायरा व्यापक छः “नेपालमा बौध्दिक ज्ञान-मिमांसाको इतिहास नै रहेनछ।”भनेँ महेशराज पन्त गुरुलाई। “विद्या-रक्षा” पुस्तक दिनुभयो।पढ्नयोग्य छ।
ज्ञानका लागि ३ चिज पढ्नुपर्छ रे ।
१ इतिहास, जसले ज्ञानको ‘फाउन्डेसन’ बलियो बनाउँछ ।
२. वर्तमान (समाचार) – जसले वर्तमान घटनाको डाटा दिन्छ ।
३. दर्शनशास्त्र, जसले इतिहास र वर्तमानलाई संश्लेषण गर्न सिकाउँछ ।
– यी तीनमध्ये एउटा मात्रै पढ्यो भने एकांगी भइन्छ रे ।
5
469
















