selfish kti retweeted
आँखाले तिमीलाई देखेको थियो,
अनि मनले तिमीलाई चाहेको थियो।
सायद त्यही एउटा पल थियो,
जहाँबाट तिमी मेरो आँखाको दृश्य मात्र रहेनौ,
मन भित्रको एउटा सुन्दर अनुभूति बन्यौ।
तिमीलाई देख्दा आँखामा खुसी थियो,
तिमीलाई सम्झिँदा मनमा मिठास थियो।
तर आज समयले यस्तो मोड ल्याइदियो,
जहाँ आँखाले तिमीलाई खोजिरहन्छ,
अनि मनले तिम्रो अभावमा
हरेक दिन आफूलाई सम्झाइ रहन्छ।
कति अचम्मको रहेछ प्रेम पनि,
आँखाले देखेको मान्छे टाढा हुँदा,
मनले उसलाई झन् नजिक महसुस गर्दो रहेछ। ❤️🩹
#म_अनि_मेरो_भावना
~रज्जित ✍
selfish kti retweeted
Military Calisthenics, bodyweight training at home, no equipment needed, simple routines. Take the quiz to get your personalized plan and start today!
आज
मेरो मञ्च खाली छ
न रङ छ
न रौनक
न कुनै
अभिनयको उत्साह
सुनसान छ नीरास
कसैले डढेलो लगाएर
छोडेका पोथ्रा र बुट्यानहरू जस्तो 💔
कुनै दिन
मेरो रङ्गमञ्च पनि
भीडभाडले
भरिएको हुन्थ्यो
दर्शकदीर्घामा
ताली र गालीका स्वरले
सबै समयकै खेल रहेछ
म
सत्य बोल्दै गए
रङ्गकर्मी बिस्तारै
पातलिदै गए
आज
मेरो मञ्च खाली छ
न रङ छ
न रौनक
न कुनै
अभिनयको उत्साह
सुनसान छ नीरस
कसैले डढेलो लगाएर
छोडेका पोथ्रा र बुट्यानहरू जस्तो 💔
2
54
selfish kti retweeted
मन दुख्छ
पहिलोपल्ट दुखेको पनि होईन
अन्तिमपल्टको दुखाई पक्कै होइन यो
ठिकै छ, म नै त हुँ
पीडासँग बाँच्न सिकेको मान्छे
दुखिरहनेछ मन अनि शरीर
जब सम्म यो साँस चलिरहन्छ
घाउ नयाँ होइन
कथा पनि उही पुरानो हो
बस् हरेकपटक
पीडाले नाम फेर्छ मात्रै
आफ्नै मन हो
आफ्नैले दुखाउँछन एत्ति हो🙏🌷💜
selfish kti retweeted
यो झरी पनि कस्तो अचम्मको रहेछ,
बाहिर आकाश भिजाउँछ,
भित्र तिम्रो सम्झना।
हरेक थोपा झर्दा लाग्छ,
कतै तिमीले पनि
मेरो नाम सम्झेर
आँखाभरि बादल बोकेकी छौ कि ?
चिसिएको यो साँझमा
तिम्रो न्यानो अँगालो सम्झिन्छु,
र झरीको आवाज भित्र
तिम्रो मौन प्रेम सुन्छु।
सायद प्रेम पनि झरी जस्तै हो,
छुन खोज्दा हात खाली हुन्छ,
तर भिजे पछि
मन भरि तिम्रै गन्ध बसिरहन्छ। ❤️🩹
#म_अनि_मेरो_भावना
~रज्जित ✍
selfish kti retweeted
तिमी जुन कुरासँग Attached छौ
त्यही कुरासँग Detached भएर बाँच्न सिक
किनकि साँचो Happiness
Attachment छोड्नुमा होइन
त्यसभित्रै Detached रहन सक्नुमा छ
हरे कृष्ण✍️
चार दिने अस्पतालको बसाइँ पछि अब घरको बसाइँ हुने भएको छ । चाँडै यो बसाइँ सकेर त्यही अन्योल जिवनमा भौतारिन पाउँ
You’re unable to view this Post because this account owner limits who can view their Posts. Learn more
79
selfish kti retweeted
हरेक रात,
आँखा निदाउन खोज्छन् !
तर मनले अझै ढोका खुलै राखेको छ,
कसैको फर्किने आशामा……..🌸
#शुभ__रात्री🎼❣️😴
selfish kti retweeted
जिन्दगीले भत्काएका सपना
सबै फेरि उस्तै नहोलान्,
तर हरेक टुटाइ पछि
मान्छे आफैँसँग अलि नजिक हुन्छ।
आज मन थाकेको छ भने
केही बेर रोकिएर सास फेर,
हरेक बाटो हिँड्नै पर्छ भन्ने छैन,
कहिलेकाहीँ आफूलाई सम्हाल्न
एक पाइला पछाडि हट्नु पनि पर्छ।
दुःखले घेरेको यो समय
सधैँ यस्तै रहँदैन,
बादल जति सुकै बाक्लो भए पनि
आकाश सधैँ अँध्यारो हुँदैन।
त्यसैले आज
आँखाभरि आँसु छन् भन्दै मा
भोलिको मुस्कान माथि शङ्का नगर,
समयले खोसेका खुसीहरू भन्दा
जिन्दगीले अझ सुन्दर खुसी
बाँकी राखेको हुन सक्छ।
बस्, आफूलाई नछोड्नु,
किनकि संसारले साथ नदिएको दिन पनि
आफ्नै विश्वासले हात समात्न सक्छ।
एक दिन यही थाकेको मन
फेरि उज्यालो सँग भेट्नेछ,
र आजका यी पीडाहरूलाई सम्झेर
मनले बिस्तारै भन्नेछ,
“म सकिएको रहेनछु,
म त फेरि सुरु हुँदै रहेछु।” ❤️🩹
#म_अनि_मेरो_भावना
~रज्जित ✍









