selfish kti retweeted
आँखाले तिमीलाई देखेको थियो,
अनि मनले तिमीलाई चाहेको थियो।
सायद त्यही एउटा पल थियो,
जहाँबाट तिमी मेरो आँखाको दृश्य मात्र रहेनौ,
मन भित्रको एउटा सुन्दर अनुभूति बन्यौ।
तिमीलाई देख्दा आँखामा खुसी थियो,
तिमीलाई सम्झिँदा मनमा मिठास थियो।
तर आज समयले यस्तो मोड ल्याइदियो,
जहाँ आँखाले तिमीलाई खोजिरहन्छ,
अनि मनले तिम्रो अभावमा
हरेक दिन आफूलाई सम्झाइ रहन्छ।
कति अचम्मको रहेछ प्रेम पनि,
आँखाले देखेको मान्छे टाढा हुँदा,
मनले उसलाई झन् नजिक महसुस गर्दो रहेछ। ❤️🩹
#म_अनि_मेरो_भावना
~रज्जित ✍
selfish kti retweeted
Military Calisthenics, bodyweight training at home, no equipment needed, simple routines. Take the quiz to get your personalized plan and start today!
selfish kti retweeted
मन दुख्छ
पहिलोपल्ट दुखेको पनि होईन
अन्तिमपल्टको दुखाई पक्कै होइन यो
ठिकै छ, म नै त हुँ
पीडासँग बाँच्न सिकेको मान्छे
दुखिरहनेछ मन अनि शरीर
जब सम्म यो साँस चलिरहन्छ
घाउ नयाँ होइन
कथा पनि उही पुरानो हो
बस् हरेकपटक
पीडाले नाम फेर्छ मात्रै
आफ्नै मन हो
आफ्नैले दुखाउँछन एत्ति हो🙏🌷💜
selfish kti retweeted
यो झरी पनि कस्तो अचम्मको रहेछ,
बाहिर आकाश भिजाउँछ,
भित्र तिम्रो सम्झना।
हरेक थोपा झर्दा लाग्छ,
कतै तिमीले पनि
मेरो नाम सम्झेर
आँखाभरि बादल बोकेकी छौ कि ?
चिसिएको यो साँझमा
तिम्रो न्यानो अँगालो सम्झिन्छु,
र झरीको आवाज भित्र
तिम्रो मौन प्रेम सुन्छु।
सायद प्रेम पनि झरी जस्तै हो,
छुन खोज्दा हात खाली हुन्छ,
तर भिजे पछि
मन भरि तिम्रै गन्ध बसिरहन्छ। ❤️🩹
#म_अनि_मेरो_भावना
~रज्जित ✍
selfish kti retweeted
तिमी जुन कुरासँग Attached छौ
त्यही कुरासँग Detached भएर बाँच्न सिक
किनकि साँचो Happiness
Attachment छोड्नुमा होइन
त्यसभित्रै Detached रहन सक्नुमा छ
हरे कृष्ण✍️
selfish kti retweeted
हरेक रात,
आँखा निदाउन खोज्छन् !
तर मनले अझै ढोका खुलै राखेको छ,
कसैको फर्किने आशामा……..🌸
#शुभ__रात्री🎼❣️😴
selfish kti retweeted
जिन्दगीले भत्काएका सपना
सबै फेरि उस्तै नहोलान्,
तर हरेक टुटाइ पछि
मान्छे आफैँसँग अलि नजिक हुन्छ।
आज मन थाकेको छ भने
केही बेर रोकिएर सास फेर,
हरेक बाटो हिँड्नै पर्छ भन्ने छैन,
कहिलेकाहीँ आफूलाई सम्हाल्न
एक पाइला पछाडि हट्नु पनि पर्छ।
दुःखले घेरेको यो समय
सधैँ यस्तै रहँदैन,
बादल जति सुकै बाक्लो भए पनि
आकाश सधैँ अँध्यारो हुँदैन।
त्यसैले आज
आँखाभरि आँसु छन् भन्दै मा
भोलिको मुस्कान माथि शङ्का नगर,
समयले खोसेका खुसीहरू भन्दा
जिन्दगीले अझ सुन्दर खुसी
बाँकी राखेको हुन सक्छ।
बस्, आफूलाई नछोड्नु,
किनकि संसारले साथ नदिएको दिन पनि
आफ्नै विश्वासले हात समात्न सक्छ।
एक दिन यही थाकेको मन
फेरि उज्यालो सँग भेट्नेछ,
र आजका यी पीडाहरूलाई सम्झेर
मनले बिस्तारै भन्नेछ,
“म सकिएको रहेनछु,
म त फेरि सुरु हुँदै रहेछु।” ❤️🩹
#म_अनि_मेरो_भावना
~रज्जित ✍
selfish kti retweeted
बाढीपछिको बगरझैँ
सुनसान छ जिन्दगी !
क्षितिज मौन छ,
सम्झनाहरू बिस्तारै हराउँदैछन्-
र म,
आफ्नै शून्यमा उभिएर
जीवनलाई नियालिरहेछु !
सायद,
पाउनु र गुमाउनु -
केवल समयले लेखेका
क्षणिक भ्रमहरू मात्र......!!
selfish kti retweeted
प्रेमको प्रमाण छैन म सॅग तर मैले तिमीलाई त्यो सबै ठाउॅमा राखेको थिय जहॅा कोही पुग्नुको लागी देवता पुज्ने गर्दछन् ।
selfish kti retweeted
भत्किएको घर टाल्न जस्तो सजिलो
कहाँ हुँदो रहेछ र भत्किएको सपना
अनि मन टाल्न |
#शुभ_प्रभात 🌄☕💐
सबै चाहन्छन्,
"प्रेम" राधा र कृष्ण जी को जस्तो होस,
अनि फेरि प्राप्तिको निम्ति मरिहत्ते गर्छन्।
तर यो कलियुग हो हजुर ,
सबै चिज एकैसाथ कसैलाई मिल्दैन...!!
#श्री_कृष्ण #राधा_कृष्ण ♥️♥️🙏
selfish kti retweeted
सुन्दरतालाई त धेरैले आँखाले पढ्छन्,
तर त्यसको पछाडि लुकेको मनलाई
कमैले मात्र बुझ्छन्।
सौन्दर्य त केही क्षणको आकर्षण हो,
तर मनको सुन्दरता त्यो शायरी हो,
जसलाई पढ्न आँखा होइन,
बुझ्न सक्ने मुटु चाहिन्छ। ❤️🩹
सायद त्यसैले,
केही मानिसहरू अनुहारमा कविता खोज्छन्,
तर म त तिम्रो मौनतामै पूरै एउटा गजल भेट्छु।
#म_अनि_मेरो_भावना
~रज्जित ✍ – at Nepal
selfish kti retweeted
" एक गजल "
फूलको जस्तो सुन्दरता रसमा कहाँ हुन्छ
यो दिन अनि रात हाम्रो बसमा कहाँ हुन्छ
घडी त छ नि हातमा समय छैन काबुमा
हृदयभित्र छ तिम्रो चित्र पर्समा कहाँ हुन्छ
मायाको डोरी चुँडेपछि जोड्न हुन्छ गाह्रो
पहिलो जस्तो मिठास कसमा कहाँ हुन्छ
दुई शेर तल 👇👇👇
selfish kti retweeted
कहिलेकाहीँ धुवाँ चुरोट बाट होइन,
मनभित्र दबिएका कुराबाट निस्किन्छ।
निभेको आगोको ताप बाँकी रहन्छ,
त्यसरी नै बितिसकेको पलको याद पनि।
धड्किनु त मुटुको बाध्यता हो,
तर हरेक धड्कनसँग पीडा मिसिनु
सायद जिन्दगीको विडम्बना हो।
बिना मौसमको वर्षा जस्तै
बिनाकारण आँखाबाट आँसु झर्दैन,
मनभित्र कतै न कतै
एउटा अधुरो कथा बाँकी हुन्छ… ❤️🩹
#म_अनि_मेरो_भावना










