Pinned Tweet
हार्दिक अनुरोध-👇
यहांहरु कसैले रचना गर्नुभएका विविधखाले साहित्यिक सिर्जनाहरु प्रकाशन गर्न नपाएर थन्किरहेका छन भने प्रकाशनको तलको आईडिमा [email protected] आफ्नो संपर्ग नं सहित पठाउँन सकिनेछ,
छनोटमा उत्कृष्ट ठहरिएमा प्रकाशित गर्न सकिने विषय संवद्ध सवैमा अनुरोध गरिन्छ!🙏
अक्षर आंगन प्रकाशन- retweeted
तमाम कर्णालीवासिले भोगेको वास्तविक दु:खपिडा र त्यहाँको भाषा संस्कृतिको यो एक अव्वल कृति बनेको छ, साहित्य अनुरागीहरुको पृय आख्यानात्मक कृति "बैकिनी" एकपटक अवश्य पढौँ ,
मैले त पढिसकें ,तपाईँले नि..!? ☺️☺️
अक्षर आँगन प्रकाशनले क्रमश: अञ्य साहित्यिक कृतिहरु प्रकाशन गर्ने उद्धेश्य राखेको छ,
यस प्रकाशनले के कस्ताखाले कृतिहरु प्रकाशित गरोस भन्ने यहांलेअपेक्षा राख्नुभएको छ ,कृपया सुझाव एवं प्रतिक्रियाको अपेक्षा राखेका छौँ ,साथै आफूहरुसँग पनि उन्नत कृतिहरु भए हामीलाई सम्झिन सक्नुहुनेछ!✍️
अक्षर आंगन प्रकाशन- retweeted
तर अफसोच
मनको घाउमा सियो पस्दैन रहेछ
कुनै अदृश्य
अँध्यारो गहिराइबाट
मान्छे
भित्रभित्रै च्यातिँदो रहेछ
कहिलेकाहीँ
समयको बगरमा एक्लै उभिएर
मान्छे
आफ्नै मनका चिराहरू
नियाल्दै रसाइरहँदो रहेछ
यस्तै रहेछ
भित्र कैयौँ चिराहरूमा
च्यातिएर पनि
मान्छे बाहिर सग्लो हुँदो रहेछ ।❤️
अक्षर आंगन प्रकाशन- retweeted
मलाई संसारसँग केही माग्नु छैन,
केवल यति होस्
समयका सबै ऋतुहरू फेरिँदै
गएपनि
हाम्रो प्रेमको रारामा
कहिल्यै धमिलो नओर्लियोस,
तिमी हुनु भनेको
जीवनको उकालीमा
एउटा छहारी भेटिनु हो,
थाकेको मनले
आफ्नै घरको आँगन भेट्नु हो। ❤
अक्षर आंगन प्रकाशन- retweeted
आफू पनि यसैखाले धान दाउँनी गरि पराल निकाल्ने काम वर्षौं गरेर हुर्किएकोले आज देख्दा विगतको सुन्दर पलको याद आयो...!❤️✍️
अक्षर आंगन प्रकाशन- retweeted
एकपटक हेर्नै पर्ने भिडियो ।
JUMLA, KARNALI : HISTORY OF SINJA VALLEY | कर्णाली प्रदेश | GADHIS OF NE... youtu.be/a2UmsZdonaA?si=qFaq… via @YouTube
अक्षर आंगन प्रकाशन- retweeted
आज चाँगुनारायणवाट देखिएको विहानी काठमाडौं उपत्यकाको आकर्षक दृष्टि -
तस्विरमा धरहरा लगाएत अरु अग्ला संरचनाहरु के के देख्नुभो ..!?☺️☺️
अक्षर आंगन प्रकाशन- retweeted
Evening with fam n friends..sometimes laughter is all we need with dears ones ❤️❤️❤️ gn
अक्षर आंगन प्रकाशन- retweeted
जवसम्म आंगनीमा सयपत्री
फूलहरु मुस्कुराउँदैनन ,
घर आंगनमा तिहार आएको
महसुस नै हुँदैन..! ✍️
# सवै मित्रगणमा सुगन्धित
सयपत्रीमय तिहारको शुभकामना !
❤️👏🌼
अक्षर आंगन प्रकाशन- retweeted
मानिस जन्मदा स्वभाविक मानवीय प्राकृतिक गन्धसहित जन्मन्छ तर अनेक विचार,भावना र स्वार्थहरुले गर्दा अस्वभाविक र विपरित प्रतिगन्धको शिकार बन्दछ।यहि विपरित गन्ध याने प्रतिगन्धबीच हामीले बाँच्न र सपना सांच्न सिक्नुपर्छ ,युद्ध र आतंक इतिहासका अभिशाप हुन तर अभिशापबीच वरदान खोज्नुपर्दछ!✍️
अक्षर आंगन प्रकाशन- retweeted
यस्तो छ पर्दा पछाडीको खेल : Let The Games Begin [Documentary]
youtu.be/da2qrrv7XgY
अक्षर आंगन प्रकाशन- retweeted
तारापुञ्जले हाम्रा लागि पुष्पवृष्टि गरून्
जूनकिरीहरुले स्वागतका दीप बालून्,
न कुनै परिधि, न लौकिक बन्धन
आफ्नै लोकमा होस् शाश्वत स्पन्दन।
तिम्रो हुकुममा मेरो प्रेम समर्पण छ,
आऊ प्रिय सीमा नाघौ,जाऊ अनन्त क्षितिजपारि
सजाऊँ सपना, बनाऊँ राज्य,तिमी राजा, म रानी।❤️
#Sirjushah
अक्षर आंगन प्रकाशन- retweeted
समीक्षाः ‛बैकिनीमा प्रयुक्त नारीवादी सौन्दर्य चिन्तन՚ sahityapost.com/post/samiksh…
स्वन्तत्रताका पनि त सिमाहरु हुन्छ्न कि.? लगामविहिन स्वन्त्रता "खासगरी हाम्रो जस्तो कमजोर शिक्षा र चेतना भएका समाजमा" , ....हातमा लड्डुझैँ नहोला भन्न सकिएला र विद्वत गुरु..? प्रेसले आफूलाई पनि निश्चित नैतिक सिमा र आफ्ना स्वस्फुर्त विचार दृष्टिकोण प्रस्तुतिमा खरो उतार्नै पर्छ कि..?
हामी त्यति स्वतन्त्रताको 'मात्रै' हकदार हुन्छौँ, जति प्रेस स्वतन्त्रताको रक्षा गर्न सक्छौँ। अघिल्लो पुस्ताले लडेर ल्याएको प्रेस स्वतन्त्रता, नयाँ पुस्ताले त्यति मात्र प्रयोग गर्न पाउनेछन, जति स्वतन्त्रताको रक्षा गर्ने औकात यो पुस्ताले राख्नेछ। प्रधानमन्त्री बालेन शाहको आदेशले पत्रकार छुटे, यो त थाहा पाइयो। अब यो ‘थाहा’ पनि त्यत्तिकै जरुरी छ - कसको आदेशले उनीहरू हिरासतमा लिइएका थिए? कस्को ?
यो प्रश्नको उत्तर खोज्न नसक्ने पुस्ता र समाजको भविष्य RONS हुन्छ। @RONBupdates भनेको होइन नि :) वरिष्ठ पत्रकार शिव गाउँलेले भनेका छन्—‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो।’
@ShahBalen @hamrorabi @thapagk
25
अक्षर आंगन प्रकाशन- retweeted
नारी प्रेम ,चेतना र मनहरुको प्रतिनीधि कथा एक उत्कृष्ट रचना ! ✍️
कथा : यान्त्रिक वृत्त
धेरै धेरै धन्यवाद साहित्यपोस्ट परिवारलाई ।🙏
महिलाहरु साँच्चै के सोच्छन् होला भनेर जान्न मन भए सिर्जु शाहको
यो कथा यान्त्रिक बृत पढ्नुहोला । 🙏
@Sahityapost93
#everyoneシ゚ #highlightseveryone
sahityapost.com/post/katha-y…
अक्षर आंगन प्रकाशन- retweeted
#WeatherUpdate 🌀
भारतीय मौसम विज्ञान विभागले ‘अर्नब’ चक्रवात बनेको घोषणा गरेको छ। नेपाल नजिक पुग्दा कमजोर न्यूनचापीय प्रणाली भए पनि व्यापक वर्षा र कतै भारी वर्षा हुन सक्छ। @NMD_Weather मौसम विज्ञान विभागले पनि बिहीबारदेखि भारी वर्षाको सम्भावना जनाएको छ। पूर्वानुमान 👇
अक्षर आंगन प्रकाशन- retweeted
मित्र @Madankkharel बाट प्राप्त गुनासो
"आज म भाटभटेनी सुपरमार्केटमा किनमेल गर्न गऍ । सामान किनेपछि बिल तिर्दा प्रत्येक पटक मलाई हरिया रङका तर खान नमिल्ने चकलेट(junk food) दिइयो ।19ओटा चकलेट भएपछि मैले चकलेट नलाने दाबी गर्दै पैसा मागेॅ । शाखा मेनेजरले राष्ट्र बैङ्कले खुद्रा नदिएकाले चकलेट दिनुपरेको (मेरो बझाइमा कुनै कम्पनीको खराब चकलेट बेच्नुपरेको) बताए ।मैले पनि उनलाई मेरो एक हजारको जुत्तामध्ये चार सयमै एउटा जुत्ता दिन्छु,यसको सामान दिनुहोस् भनी जिकिर गर्दा नराम्रो गाली पाऍ ।उपभोक्तालाई नचाहिने सामान भिराउने ठुला मान्छेका ठुला संस्था गलत कि सरकारले सचेत उपभोक्ता बन्ने पुरस्कारसहितको सन्देश दिएका बेला पैसा नै लिने तर junk food लिन नमान्ने म गलत? लाखौॅलाई junk food भिराएर कमाउने तरिका र जबरजस्ती ठगिने उपभोक्ताका बारेमा उपभोक्तावादी संस्थाले ताली बजाउने कि सरकारी निकायले माली खटाउने ।आजै बुझिपाऊॅ ।"
@hello_sarkar @ShahBalen




















